नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताएका छन् ।
घोषणापत्रमा प्रत्येक प्रदेश सदरमुकाममा डाइग्नोसिस केन्द्र, ट्रमा सेन्टर, अप्रेसन थिएटर, आइसियू तथा भेन्टिलेटर सेन्टरहरूसहितका सुविधा सम्पन्न एक हजार शय्याको अस्पताल, प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शय्याका सुविधासम्पन्न अस्पताल स्थापना र सञ्चालन गर्न पहल गरिने उल्लेख छ।