शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा नेकपा एमालेको घरदैलो अभियान तिब्र

धादिङमा नेकपा एमालेको घरदैलो अभियान तिब्र

नागरिक पाटी

१७, कार्तिक २०७९
  • 7.5K
    SHARES
  • धादिङमा नेकपा एमालेको घरदैलो अभियान तिब्र

    धादिङ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धादिङका राजनीतिक दल र उम्मेदवारहरुले खुल्ला प्रचार थालेका छन् ।

    images
    images

    धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भुमी त्रिपाठीले पनि विहिबारबाट थाक्रे गाउँपालिकाबाट औपचारिक प्रचार थालेका छन् । प्रदेशसभा ‘१’का प्रतिष्पर्धी एमालेका रमेश आचार्य र ‘२’ का गजेन्द्र थपलियाले पनि विहिबारबाट प्रचार तिव्र पारेका छन् ।

    313440346_813063139945012_5406997886724826988_n.jpg

    सत्तागठबन्धन र नेकपा एमाले दुबै पक्षले आजबाट औपचारिक रुपमा प्रचार थालेका छन् । यस क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डे रहेका छन् ।

    संघीय उम्मेदवार पाण्डेसँग प्रदेशसभा ‘१’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ र प्रदेशसभा ‘२’ का साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता एवं बागमती प्रदेश सरकारका मन्त्री शालिकराम जम्कट्टेल पनि घरदैलोमा निस्किएका छन् । उम्मेदवारहरुलाई मतदाताले ठाउँठाउँमा स्वागत गरेका छन् ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - १९:३४:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology