शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जसपाले मधेस विरोधी एमालेसंग अपवित्र गठबन्धन गरेको चौरसियाको आरोप

जसपाले मधेस विरोधी एमालेसंग अपवित्र गठबन्धन गरेको चौरसियाको आरोप

दिपु वर्णवाल

१८, कार्तिक २०७९
  • 2.7K
    SHARES
  • जसपाले मधेस विरोधी एमालेसंग अपवित्र गठबन्धन गरेको चौरसियाको आरोप

    वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार अजय चौरसियाले कम्युनिष्ट शासन भएको देशको इशारामा जसपाले मधेस विरोधी एमालेसंग अपबित्र गठबन्धन गरेको बताएका छन् ।

    images
    images

    वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा बिहीबार राति आयोजित चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेस उम्मेदवार चौरसियाले भने ,‘ उत्तरको छिमेकी राष्ट्रको इशारामा जसपा सत्ता गठबन्धन छाडेर अचानक मधेस विरोधी एमालेसंग मिल्यो , जुन देशमा कम्युनिष्ट शासन छ , जहा जनताले भोट दिन पनि पाउदैनन् ।

    उनले जसपाले जिते केन्द्रमा केपी ओलीलाई समर्थन गर्ने र एमाले सरकारले फेरि मधेसीलाई अधिकारबाट बन्चित गराउने बताए ।
    मधेसका अधिकारका लागि सधै वकालत गर्ने पार्टी काँग्रेस , लोसपा , माओवादी र नेकपा एस रहेको जिकिर उनले गरे । तर यदि जसपा जित्यो भने केन्द्रमा ओलीलाई समर्थन गरेर सरकार बनाउछ , जुन ओली सरकारले न कहिल्यै मधेसलाइ अधिकार दियो न दिनेछ , उनले भने । त्यसका कारण पाँच दलीय गठबन्धनलाइ मत दिएर जिताउन उनले आग्रह गरे ।

    उनले आफुले चुनाव जिते पर्सा क्षेत्र नम्बर २ मा सुविधा सम्पन्न बृद्धाश्रम बनाउने वाचा गरे । यसका साथै एउटा प्राविधिक क्याम्पस स्थापना गर्छु , जुन क्याम्पसमा यस क्षेत्रका युवा , युवतीहरुले प्राविधीक अध्ययन गरेर र तालिम लिएर रोजगारी गर्ने छन् , उनले भने ।
    उनले मधेस र देशभर अहिले पाँच दलीय गठबन्धनकै लहर रहेको जिकिर पनि गरे । उनले भने ,‘ अबको चुनावबाट मधेसमा पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ , केन्द्रमा पनि यहि गठबन्धनको सरकार बन्छ , दुवै सरकारले मधेस र देशलाई समृद्ध बनाउछ ।

    चुनावीसभालाई गठबन्धनबाट लोसपाका प्रदेशसभासदस्य उम्मेदवार रमेश कुर्मी, मधेस प्रदेशका पूर्वमन्त्री ओम प्रकाश शर्मा , पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव लगायतले पनि सम्बोधन गरेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - ०८:३३:३५ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology