शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उम्मेदवार रहबर अंसारीको लोकप्रियता बढ्दै

उम्मेदवार रहबर अंसारीको लोकप्रियता बढ्दै

दिपु वर्णवाल

१८, कार्तिक २०७९
  • 2.9K
    SHARES
  • उम्मेदवार रहबर अंसारीको लोकप्रियता बढ्दै

    वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहबर अंसारीको लोकप्रियता बढ्दै गएको छ ।सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यमा माओबादी केन्द्रका उम्मेदवार अंसारी चुनावी घरदैलोका क्रममा टोल टोलमा पुग्दा मतदाताहरुले स्वच्छ र इमान्दार छविका कारण अंसारीलाई स्वस्फूर्त रुपमा समर्थन जनाइरहेका छन् ।

    images
    images

    यसैक्रममा वीरगंज महानगरपालिका वडा नम्बर २२ को जगरनाथपुरमा पनि चुनावी घरदैलो गर्न पुगेका अंसारीलाई स्थानीयले समर्थन गर्दै स्वागत गरेका छन् ।मतदातासँगको भेटघाटमा अंसारीले जनताले देखेका सपनालाई सार्थकता प्रदान गर्ने बेला अहिले आएकाले सहि मुल्यांकन गरेर मत दिन आग्रह गरे ।

    यसअघि जितेर गएका जनप्रतिनिधीबाट जनता निराश र आक्रोशीत रहेको भन्दै उनले अब त्यसको जवाफ दिने सहि समय आएको पनि बताए ।मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै अंसारीले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।अंसारीले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन , धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ , त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ ।’

    चुनावी घरदैलो कार्यक्रममा माओबादी सहित सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - ०६:३७:४८ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology