शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"निर्वाचित भएपछि पनि स्वतन्त्र व्यक्तिकै रुपमा कायम रहन्छु" - नेत्रराज पौडेल

"निर्वाचित भएपछि पनि स्वतन्त्र व्यक्तिकै रुपमा कायम रहन्छु" - नेत्रराज पौडेल

नागरिक पाटी

१८, कार्तिक २०७९
  • 9.1K
    SHARES
  • "निर्वाचित भएपछि पनि स्वतन्त्र व्यक्तिकै रुपमा कायम रहन्छु" - नेत्रराज पौडेल

    नेत्रराज पौडेल

    images
    images

    गलत प्रवृती विरुद्ध हामीले एउटा अभियान बनाईसक्यौँ । कतिपय मतदाताको आशँका हामीले स्वतन्त्र हो भनेर भोट हाल्छौँ अनि चुनाव जितिसकेपछी इतिहास सम्झेर त्यतै फर्केर त्यसमा बेमानी भयौ भने तिमी पनि बेईमानको अँश बन्न सक्छौ नी भन्ने छ । यो विषयमा मैले ईमान्दारीता पुर्वक भन्नु पर्छ म अहिले कुनै दल विशेष मतले मात्रै जित्न सक्ने ठाउँमा मात्रै पुग्दिन, एमालेको आफ्नै उमेद्धवार छ । त्यस कारण शत प्रतिशत एमालेका कार्यकर्ताले भोट हाल्छन् भनेर मैले भन्न हुदैँन र यो सम्भव पनि पनि छैन । अरु पार्टीको गठबन्धन छ, गठबन्धन भित्रका शत प्रतिशतले भोट हाल्छन् भन्ने पनि छैन ।

    मैले जित्ने आधार मात्रै के हो भने म लागिरहेको पार्टी यहीँ काम गरिरहेको पार्टी एमालेका साथी भाईले यो मान्छे उपयुक्त हो । यो मान्छेलाई पार्टीले अन्याय गरेको छ । त्यस कारण पार्टीले अन्याय गर्छ भने न्याय दिने हामी हौँ, त्यस कारण हामी न्याय दिन्छौँ भनेर भन्नुभएको छ । अरु नेकपा माओवादी केन्द्र, एकिकृत समाजबार्दी, नेपाली काँङ्ग्रेस भित्र पनि एउटा ईमानको कुरा गरेको जो राजनितिक पार्टिहरु छन् । त्यहाँभित्र पनि मैले गुनासोको कुराहरु सुनेको छु । यि सबै राजनितिक दलहरुले हामी न्यायको निम्ति असल आवाजको निम्ति साथ दिउँ । हाम्रो नजिकको मान्छे पनि हो । हिजो देखि बिकास निमार्ण सँग जोडिएको पनि हो । अब एउटा राजनितिक दलसँग आवद्ध हुँदा हाम्रा केहि सिमा थिए । उनले त्यो बाट पनि अलिकति अलग गरेर स्वतन्त्र रुपमा आएका छन् । त्यसकारण एउटा ब्यक्तिको सहि पहिचान गर्ने र मुल्याङ्कन गर्ने वातावरण पनि हामीले बनाउनु भनेर यि अरु सबै राजनितीक दलहरुका साथिहरुले चाँहि त्यो कुरामा सहमत हुने जतिले मलाई भोट हाल्दा मात्रै मैले जित्ने हो ।

    अनि सबैको भोट लिएर जित्ने अनि जितिसकेपछि म कहिँ गएर टाँसिने कुरा चाहिँ त्यो न मलाई मेरो ईमानले दिन्छ, न तपाईहरुले त्यो शङ्का गर्नुहुन्छ । म ५ वर्ष स्वतन्त्र ब्यक्तिकै रुपमा कायम रहन्छु र ५ वर्ष पछि पनि यदि राजनितिक दलहरुमै आवद्ध हुनुपर्ने बाध्यता आयो ने त्यसपछि पनि म ढुक्क सङ्ग भन्छु, म यहिँ जानुपर्छ भनेर मलाई कुनै सिमा हुने छैन ।

    जँहा मेरा बिचारहरु लागु हुन सक्छन्, मेरा कुराहरु सुनुवाई हुन सक्छन्, जनताको कुराहरुलाई जसले बढि प्राथमिकता दिएको जस्तो लाग्छ, बिकास निर्माणमा जसले अगुवाई गरेको जस्तो लाग्छ, ति कुराहरुमा नजिक हुनलाई मलाई कसैले रोक्न सक्दैन । अथवा ५ वर्षपछि फेरि दल नै छान्नुपर्छ भन्ने छैन बिस्तारै म त के पनि अभियानमा छु अब भने हामी सबै मान्छेलाई राजनितिक कार्यकर्ता नबनाउ, राजनितिक कार्यकर्ता बनाईसकेपछि त्यो टाप बाधेँको घोडाजस्तो हुन्छ । यो सबैलाई राजनितिक कार्यकर्ता बनाउने कुराले हामी एउटा दलको सिमा, अनुशासन के के भन्ने नाउँमा त्यो राम्रो भएपनि नराम्रो भएपनि त्यसैमा लागिरहनु पर्ने हुन्छ । दलले राम्रो गरेको भए राम्रो भन्नपर्यो । नराम्रै निर्णय गरेको भएपनि राम्रै भनेर हिड्नुपर्ने अवस्था छ । हो यो बाध्यताबाट अब मुक्त हुनुपर्छ । अब स्वतन्त्र जनमत स्वतन्त्र बिचार, सहि र गलत के हो ? गुण र दोषको आधारमा समर्थन र बिरोध गर्ने कुरालाई जति स्थापित गर्छौ, यो समाजमा शुशासन कायम गर्न त्यहि कुराले मद्धत पुर्याउँछ ।

    आज आफ्नै मान्छेले भ्रष्टाचार गरेको भएपनि आफ्नो मान्छे चिढिएला भनेर हामी बोल्न अप्ठ्यारो मान्छौँ, अरुले राम्रै काम गर्या भएपनि उसको व्यक्तित्व माथि आउँछ र हामी तल पर्ला कि भनेर एक खालको सङ्किर्णताको कारण भनेर प्रशँसा गर्न डराउँछौ । त्यसैले गर्दा सबै साथीहरुलाई म, मेरो अभियान अबको ५ वर्षपछि पनि यो स्वतन्त्र अभियान, स्वतन्त्र विवेक, स्वतन्त्र अभियान, सहि र गलत आँटका साथ भन्न सक्ने नागरिक जति हामी बनाउन सक्छौँ, यो समाज बिकासलाई अझ बढि बनाउन सक्छौ । त्यस कारणले पनि यि सबै सन्दर्भमा मेरो भुमिका कुनै दलसँग गएर टाँसिहाल्ने, धोका दिने अथवा साझा उम्मेदवार भनेर भोट हालेको, एक ठाउँमा गएर केन्द्रित भयो भन्ने त्यो गुनासा यहाँहरुले सुन्नुपर्दैन, म यहाँ विस्वास दिलाउन चाहन्छु ।

    म एउटा व्यक्तिको रुपमा उठेको हैसियतले निर्वाचित हुन सक्छ कि सक्दैन, दोस्रो कुरा यहाँको बिकास निमार्णमा समग्रतामा प्रतिनिधित्व गर्न सक्छ कि सक्दैन भनेर शंका पनि हुन सक्छन् । त्यसकारण म यहाँहरुलाई एउटा कुरो यहाँको भुगोल, विकासका बिषयमा मलाई राम्रो जानकारी छ । दोस्रो कुरा राजनितिक दलबाट निर्वााचित भएको मान्छेले उसको दलले के निर्णय गर्छ ? त्यसको आधारमा आफ्नो क्षेत्रमा केहि नपरे पनि समर्थन गर्नपर्छ । म स्वतन्त्र रुपले निर्बाचित भएर प्रदेश सभामा गएँ भने मैले अन्ततका कुरा गर्नपदैन । मैले गल्छि, थाक्रे र धुनिबेशिको समस्या के हो ? यो कुराहरुमा केन्द्रित भएर यहिँका बिषयहरु लिएर म सबैका अगाडि राख्न सक्छु । स्वतन्त्र व्यक्ति स्वतन्त्र सांसद त्यस्तो पनि हो फेरि, त्यसको आफ्नै सरकार भन्ने हँुदैन । जसको सरकार भएपनि उसले आफ्नो एजेन्डा प्रष्ट सङ्ग राख्न सक्छ, माग्न सक्छ र ति सबै सँग समन्वय गरेर अगाडि बढ्न सक्छ ।
    (धादिङ क्षेत्र नम्बर १ (१) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेद्धार पौडेल सँग गरिएको कुराकानीमा आधारित)

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १४:४९:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology