मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धादिङका राजनीतिक दल र उम्मेदवारहरुले खुल्ला प्रचार थालेका छन् ।
आसन्न निर्वाचन लक्षित गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित गठबन्धनका दलहरुको संयुक्त घरदैलो अभियान आज दोस्रो दिन पनि जारी छ ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्तागठबन्धन हिजोबाट औपचारिक रुपमा प्रचार थालेका हो। यस क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डे, प्रदेशसभा ‘१’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ र प्रदेशसभा ‘२’ का साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता एवं बागमती प्रदेश सरकारका मन्त्री शालिकराम जम्कट्टेल पनि घरदैलो अभियानमा निस्किएका हुन । उम्मेदवारहरुलाई मतदाताले ठाउँठाउँमा स्वागत गरेका छन् ।
आज दोस्रो दिन गजुरीको वडा नं.१ स्थित गजुरीबाट घरदैलो सहित चुनावी सभाको शुरुवात गरीएको हो । गजुरी, आदमघाट, मास्टार, बैरेनी हुँदै प्रचारप्रसारको टोली गल्छी आइपुगेको छ ।