शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निष्पक्ष निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा कडाई

निष्पक्ष निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा कडाई

नागरिक पाटी

१९, कार्तिक २०७९
  • 2.3K
    SHARES
  • निष्पक्ष निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा कडाई

    निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको बताएका छन् ।

    images
    images

    निर्वाचन आयोगद्वारा जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त जबराले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा थप कडाई गरिएको बताए ।

    ‘स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न आयोगले दृढतापुर्वक अघि बढेको छ’, आयुक्त जबराले भने, ‘यसका लागि सबै पक्षले इमान्दारपूर्वक आचारसंहिताको परिपालना गर्नु जरुरी छ ।’

    उहाँले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण मात्र नभई अब आयोगले कारबाही गर्न थालेकाले उल्लघंन गर्नेलाई तत्काल अनुसन्धान गरेर कानूनी दायरामा ल्याइने स्पष्ट गरे ।

    निर्वाचनप्रति जनताको उत्साह बढाउन र मतदातालाई सचेत बनाउने कार्यमा सञ्चारकर्मी र सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले बाहिरी हल्लाको भरमा सूचना प्रवाह गर्दा ठूलो क्षति हुन सक्ने कुरालाई ख्याल गरी पुष्टी गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - १०:४१:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology