शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल-भारत सीमा ७२ घण्टा सिल गर्ने निर्णय

नेपाल-भारत सीमा ७२ घण्टा सिल गर्ने निर्णय

नागरिक पाटी

१९, कार्तिक २०७९
  • 3.3K
    SHARES
  • नेपाल-भारत सीमा ७२ घण्टा सिल गर्ने निर्णय

    रुपन्देहीको छपियामा सम्पन्न नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले नेपालमा हुन गइरहेको आमनिर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा सीमा सिल गर्ने निर्णय गरेको छ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठक बसेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले जानकारी दिए।

    images
    images

    नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षा कायम गर्न र सीमामा हुने सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म नेपाल–भारत सीमा बन्द गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए।

    बैठकमा लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुख तथा भारततर्फ यी जिल्लासँग सीमा जोडिएका भारतीय सुरक्षा अधिकारी सहभागी थिए।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - १८:४०:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology