शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा गठबन्धनका दलहरुको संयुक्त घरदैलो अभियान तिब्र

धादिङमा गठबन्धनका दलहरुको संयुक्त घरदैलो अभियान तिब्र

नागरिक पाटी

१९, कार्तिक २०७९
  • 3.1K
    SHARES
  • धादिङमा गठबन्धनका दलहरुको संयुक्त घरदैलो अभियान तिब्र

    मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धादिङका राजनीतिक दल र उम्मेदवारहरुले खुल्ला प्रचार थालेका छन् । आसन्न निर्वाचन लक्षित गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित गठबन्धनका दलहरुको संयुक्त घरदैलो अभियान आज तेस्रो दिन पनि जारी छ ।

    images
    images

     

    धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्तागठबन्धन म.गलबारबाट औपचारिक रुपमा प्रचार थालेका हो। यस क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डे, प्रदेशसभा ‘१’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ र प्रदेशसभा ‘२’ का साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता एवं बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल पनि घरदैलो अभियानमा छन् । उम्मेदवारहरुलाई मतदाताले ठाउँठाउँमा स्वागत गरेका छन् ।

    आज शनिबार तेस्रो दिन थाक्रेको वडा नं.२ स्थित सिम्लेबाट घरदैलो सहित चुनावी सभाको शुरुवात गरीएको हो । सिम्ले, महाँदेबबेशी, धार्के, नौबिसे हुँदै प्रचारप्रसारको टोलीले खानीखोला पुगेर सयुक्त पार्टी कार्यालयको उद्घाटन गरेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - १९:०९:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology