मुलुक संघीय संरचनामा गएपछि दोश्रो कार्यकालका लागि आँउदो मंसिर ४ गते संघ र प्रदेश सभा सदस्यका लागि एक साथ निर्वाचन हुदैछ । दुवै सभाका उम्मेदवारहरु दलबलसहित मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
यसैबिच एमालेबाट बागमती प्रदेश सभा सदस्यका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ तथा बुद्धिजीवि परिषदका महासचिव इन्जिनियर गजेन्द्र प्रसाद थपलियालाई पितृशोक परेको छ । प्रदेश सभा उम्मेदवार थपलियाका बुबा शिव प्रसाद थपलियाको ८९ वर्ष उमेरमा कार्तिक १६ गते मृत्यु भएपछि थपलिया दाजु ध्रुवको साथमा हिन्दु संस्कार अनुसार काजक्रियामा बसेका छन् ।
धादिङ प्रतिनिधि सभा १ को प्रदेश सभा २ मा थपलियासंग प्रतिस्पर्धा गरिरहेका सत्ता गठबन्धनका साझा उम्मेदवार शालिकराम जमरकटेल मतदाता समक्ष दलवलसहित पुगिरहँदा उनी भने कागक्रियामा बस्नु परेको छ । तर पनि नेताहरु आफ्नो पार्टीको उम्मेदवार पितृशोकमा परेपनि काम गर्ने पार्टीले हो । एमालेको नेता हामी हौ भन्दै प्रतिनिधि सभाका उम्मेदवार भुमिप्रसाद त्रिपाठीका साथ प्रदेश सभाका उम्मेदवार ईन्जिनियर थपलियाका लागि भोट माग्दै हिडिरहेका छन् । यहि २८ गते उनी काजक्रिया गरेर निस्कन्छन् । उनी आफैमा नयाँ अनुहार हुन । त्यसै माथी पितृशोकमा परेका छन् । उनी अहिले टोलटालका कार्यकर्ताको नम्वर खोजेर फोन मार्फत आफ्ना कुराहरु राखिरहेका छन् । उम्मेदवार थपलियालाई जिल्ला नेता, अगुवा कार्यकर्ताले ढाडस दिइरहेका छन् । सोही अनुसार प्रचारप्रसारमा व्यस्त छन् ।
वषौँदेखि एमालेको गढ मानिएको धादिङमा पार्टी फुटको असर पर्न नदिन यो चुनाव उम्मेदवार थपलियाका लागि भन्दा पनि एमाले स्वयंलाई चुनौती छ ।
तस्वीर : पितृशोकमा परेका एमालेबाट बागमती प्रदेश सभा सदस्यका उम्मेदवार ई. गजेन्द्र प्रसाद थपलिया ।