शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा ६ पदका लागि १० दल र स्वतन्त्रका ६६ उम्मेदवार चुनावी मैदानमा

धादिङमा ६ पदका लागि १० दल र स्वतन्त्रका ६६ उम्मेदवार चुनावी मैदानमा

नागरिक पाटी

२०, कार्तिक २०७९
  • 3.4K
    SHARES
  • धादिङमा ६ पदका लागि १० दल र स्वतन्त्रका ६६ उम्मेदवार चुनावी मैदानमा

    आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० दल र स्वतन्त्रका गरी ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । दुई प्रतिनिधि सभामा रहेको धादिङमा प्रतिनिधि सभा १ मा १४ जना र प्रतिनिधि सभा २ मा १४ जना चुनावी मैदानमा छन् । प्रतिनिधि सभा १ प्रदेश सभा १ मा १५ जना, प्रदेश सभा २ मा आठ जना र प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा पाँच जना, प्रदेश सभा २ मा १० जना उम्म्मेदवार रहेका छन् ।

    images
    images

    पटक पटक सत्ता सञ्चालन गरेका दलहरु र वर्तमान सरकार सञ्चालन गरिरहेका गठवन्धन दलसंग नेपाली कांग्रेस विपी सहितका साना दलहरुका र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । धादिङमा एमाले र राप्रपाको एक गठवन्धन र सत्ताधारी (का्रगे्रस, माआवादी केन्द्र, एकीकृत समाजवादी र राजमो) को अर्को गठवन्धन रहेको छ । यी ठुला गठवन्धन संग नेपाली कांग्रेसबाट विद्रोह गरि निस्केकाहरुले कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाकै नाममा नेपाली कांग्रेस विपी गठन गरी चुनावी मैदानमा उत्रेका छन् । यसैगरी अरु दलहरु पनि चुनावी मैदानमा छन् भने पार्टी नेतृत्वको असक्षमता कारण पार्टी गतिविधि र गठवन्धन मन नपराएर चुनावमा उत्रने देखि पार्टी नेतृत्वको निर्देशनमा स्वतन्त्र उम्मेदवारी दिने र स्वतफुर्त रुपमा चुनावमा आउने स्वतन्त्र उम्मेदवारहरु कार्यकता भेला, घरदलो, प्रचारप्रसार र मतदाता आफ्नो पक्षमा पार्न रणनीति बनाउन व्यस्त छन् । पार्टीलाई अप्रत्यक्ष सहयोग गर्न बुथ प्रतिनिधि राख्न उम्मेदवारी दिने बाहेकका सवै स्वतन्त्र उम्मेदवारहरु भोट माग्दै चुनाव प्रचारप्रसारमा मतदाताको घरघर पुगेका छन ।

    सूर्य चिन्ह रहेको एमालेले प्रतिनिधि सभा १ मा प्रतिनधि सभा निवर्तमान सदस्य एंव जिल्ला पार्टी अध्यक्ष भुमि प्रसाद त्रिपाठीलाई उम्मेदवार बनाएको छ । यसैगरी प्रतिनिधि सभा १ को प्रदेश सभा १ मा यूवा संघ नेपालका महासचिव रमेश आर्चायलाई र प्रदेश सभा २ मा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीका पूर्वाधार विज्ञ इन्जिनियर गजेन्द्र प्रसाद थपलियालाई उम्मेदवार बनाएको छ । यसैगरी कलम चिन्ह रहेको एकीकृत समाजवादीले प्रतिनिधि सभा १ मा बागमती सरकारको मुख्य मन्त्री एंव उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा १ को प्रदेश सभा एकमा रुख चिन्ह रहेको नेपाली कांग्रेसले महासमिति सदस्य मदुकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । प्रदेश सभा दुईमा गोलाकार भित्र हँसिया हथौडा चुनाव चिन्ह रहेको माओवादी केन्द्रले बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री एंव पोलिटव्युरो सदस्य शालिकराम जम्कटेललाई उम्मेदवार बनाएको छ । यसैगरी हलो चुनाव चिन्ह रहेको राप्रपाले प्रतिनिनिधि सभा १ को उम्मेदवारी फिर्ता लिइ एमालेलाई समर्थन गरेको छ । प्रतिनिधि सभा १ को प्रदेश सभा १ मा गिता प्रसाद आचार्य र प्रदेश सभा दुईमा जित बहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।

    यसैगरी एमालेले प्रतिनिधि सभा २ मा प्रतिनिधि सभा निवर्तमान सदस्य एंव केन्द्रीय सदस्य खेम प्रसाद लोहनीलाई र प्रतिनिधि सभा २ को प्रदेश सभा २ मा बागमती प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री एंव बागमती प्रदेश सदस्य डा रामकुमार अधिकारीलाई उम्मेदवार बनाएको छ । प्रदेश सभा २ मा एमालेले उम्मेदवारी फिर्ता लिई राप्रपाका डम्वर बहादुर तामाङलाई समर्थन गरेको छ । यसैगरी काँग्रेसले प्रतिनिधि सभा २ मा पूर्व सांसद एवं जिल्ला सभापति रामनाथ अधिकारीलाई र प्रतिनिधि २ को प्रदेश सभा २ मा गोविन्द लम्साललाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले प्रतिनिधि सभा २ को प्रदेश सभा २ मा जगत बहादुर खिंखडालाई उम्मेदवार बनाएको छ ।
    करुवा चुनाव चिन्ह पाएको नेपाली कांग्रेस विपीले धादिङ प्रतिनिधि सभा २ मा शंकर दर्जीलाई उम्मेदवार बनाएको छ । यसैगरी प्रतिनिधिी सभा २ प्रदेश सभा ख मा सेतमान घलेलाई र प्रतिनिधि सभा १ प्रदेश सभा ख मा एकराज सिलवाललाई उम्मेदवार बनाएको छ । यसैगरी मादल चुनाव चिन्ह रहेको मजदुर किसान पार्टीले धादिङ प्रतिनिधि सभा २ प्रदेश सभा ख मा शिवराज किजुलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा १ मा विश्वअम्मर महर्जनलाई उम्मेदवार बनाएको छ । प्रनितिधि सभा १ प्रदेश सभा १ मा पदम बहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

    ढल्केको छाता चुनाव चिन्ह रहेको जनता समाजवादीले प्रतिनिधि सभा १ मा मेकरमान तामाङलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा २ प्रदेश सभा ख मा इमान तामाङलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा १ मा नरेमा तामाङलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा १ प्रदेश सभा १ क मा सूर्य बहादुर तामाङ उम्मेदवार बनाएको छ । यसैगरी कुखुराको भाले चुनाव चिन्ह रहेको मंगोल नेशनल अर्गनाइजेशनले प्रतिनिधि सभा १ मा धनमाया तामाङलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा १ प्रदेश सभा क मा शालिकराम थापा मगर र प्रतिनिधि सभा १ प्रदेश सभा ख मा सन्तोष कमुार तामाङलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा १ मा सुमन तामाङलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा १ प्रदेश सभा १ क मा धनराज गुरुङलाई र प्रतिनिधि सभा १ प्रदेश सभा ख मा मिन बहादुर थापा मगरलाई उम्मेदवार बनाएको छ ।

    यसैगरी घण्टी चुनाव चिन्ह लिएको राष्ट्रिय स्वतन्त्र पाटीले प्रतिनि िसभा २ मा बसुमाया तामाङलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा १ मा हिमेश पन्तलाई उम्मेदवार बनाएको छ । यसैगरी पञ्चमुखे तारा चुनाव चिन्ह पाएको जनसमाजवादी पार्टीले प्रतिनिधि सभा १ मा पुष्कर सेढाइलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा १ प्रदेश सभा क मा विष्णु नेपालीलाई प्रतिनिधि सभा १ ख मा वुद्धिवल उपरकोटीलाई उम्मेदवार बनाएको छ ।

    स्वतन्त्र उम्मेदवारहरुमा प्रभावशाली उम्मेदपवार हुन नेत्रराज पौडेलल र देवी पाण्डे । उनीहरु पार्टी नेतृत्वको गतिविधि पक्षपाती भएको भन्दै विद्रोह गरेर उम्मेदवार बनेका हुन् । प्रतिनिधि सभा १ प्रदेश सभा क का उम्मेदार पोडेलले विजुलीको चिम र प्रतिनिधि सभा २ प्रदेश सभा ख की पाण्डेले पानीको धारो चुनाव चिन्ह पाएका छन् ।

    यसैगरी प्रतिनिधि सभा १ मा स्वतन्त्रबाट उम्मेदवार बनेका अर्जुन तिमल्सिनाले हेल्मेट, उत्तमराज शर्मा कडेलले माछा, ऋषि खतिवडाले टि टेवल, दिल बहादुर घलेले पुतली, प्रदिप श्रेष्ठले चेसवोर्ड र प्रमोद उप्रेतीले जोडी चप्पल चुनाव चिन्ह पाएकाछन् । यसैगरी प्रदेश सभा क मा स्वतन्त्र उम्मेदवार बनेकाहरुले इश्वरी प्रसाद कोइरालाले काग, कुमार विश्कर्माले पेन्सिल र कटर, माधव प्रसाद खतिवडाले जाँतो, रमेश प्रसाद आर्चायले ट्रफी, रविना पौडेलले ह्रिवलचियर, सुजन थिङले जेव्रा र सुरत कुमार श्रेष्ठले ठेकी चुनाव चिन्ह पाएका छन् । प्रदेश सभा ख मा स्वतन्त्र उम्मेरवार बनेका इश्वर प्रसाद खरेलले जेव्रा र देवेन्द्र प्रसाद शर्माले सारङ्गी चुनाव चिन्ह पाएका छन् ।

    यसैगरी प्रतिनिधि सभा २ मा स्वतन्त्रबाट उम्मेवार बनेका टिकानिधि काप्रीले खरायो, दुर्गाकुमार शाक्यले हाते आँरो, वावुकृष्ण श्रेष्ठले मौरी, रमेश पौडेलले हेलमेट, रुद्र बहादर गेलाङ मगरले सूर्यमुखी फुल, सरोज बुढाथोकीले क्रस खुकुरी, संजय ढुवाडीले माछा र हरि प्रसाद घिमिरेले क्यामेरा चुनाव चिन्ह पाएका छन् । यसैगरी प्रदेश सभा क मा स्वतन्त्र उम्मेदवार बनेका दयाराम लम्सालले क्याप, खड्गकुमारी सापकोटाले ठेकी चुनाव चिन्ह पाएका छन् । प्रदेश सभा ख मा स्वतन्त्र उम्मेदवार बनेका मान बहादुर तामाङले जाँतो, रामकृष्ण बसौलाले स्कुटर र सुन्दर तामाङले लालटिन चुनाव चिन्ह पाएकाछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - ११:१७:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology