शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आम निर्वाचनमा लालपुर्जा वा सवारीचालक अनुमतिपत्र देखाएर पनि मतदान गर्न पाइने

आम निर्वाचनमा लालपुर्जा वा सवारीचालक अनुमतिपत्र देखाएर पनि मतदान गर्न पाइने

नागरिक पाटी

२२, कार्तिक २०७९
  • 4.7K
    SHARES
  • आम निर्वाचनमा लालपुर्जा वा सवारीचालक अनुमतिपत्र देखाएर पनि मतदान गर्न पाइने

    निर्वाचन आयोगले निर्वाचनमा मतदाता परिचय पत्रमा नाम भएका तर परिचयपत्र हराएको वा नासिएको भए मतदाताले परिचय खुल्ने सरकारी कागाजत देखाए मतदान गर्न पाउने बताएको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै मतदाता परिचयपत्र वा नेपाली नागरिताका अलवा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वा सवारीचालक अनुमतिपत्र भए पनि मतदान गर्न पाउने बताएको हो।

    images
    images

    ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    मतदातालाई परिचयपत्र वितरण भएको भएता पनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले बताएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - १७:५९:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology