शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रको स्वाभिमानलाई बलियो बनाउन एमालेको विजयी अपरिहार्य : त्रिपाठी

राष्ट्रको स्वाभिमानलाई बलियो बनाउन एमालेको विजयी अपरिहार्य : त्रिपाठी

नागरिक पाटी

२३, कार्तिक २०७९
  • 3.9K
    SHARES
  • राष्ट्रको स्वाभिमानलाई बलियो बनाउन एमालेको विजयी अपरिहार्य : त्रिपाठी

    धादिङ । नेकपा एमालेका धादिङ क्षेत्र नम्वर १ को उम्मेदवार भुमि त्रिपाठीले नेपालको स्वाभिमानलाई थप बलियो बनाउन एमालेको विजयी अपरिहार्य रहेकोबताउनुभएको छ ।

    images
    images

    बुधबार धादिङको गल्छी गाउँपालिका वडा नं ४ को कार्कीडाँडामा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटकार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा एमालेलाई विजयी बनाउन आग्रह गर्दै देशको स्वाभिमानलाई थप बलियो बनाउन नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभएको हो ।

    उहाँले नेकपा एमाले जनताको पार्टी भएकाले सदैव जनताको हितका लागि काम गरेको बताउनुभयो । एमालेलाई सबै शक्ति मिलेर हराउन लागे पनि त्यो सफल नहुने त्रिपाठीले बताउनुभयो । गाउँको विकास एमालेले मात्र गर्ने भएकाले आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

    त्यस्तै प्रदेश सभा सदस्य १ (१) का उमेदवार रमेश कुमार आचार्यले धादिङको समग्र विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएकोले सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।

    गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई स्थानियले फुल माला र अबिर लगायर भव्य स्वागत गरेका थिए । उहाँले बुधबार गल्छी गाउँपालिकाको वडा नं ४, ५ र ७ को बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं १ को प्रदेश (१) का उमेदवार रमेश आचार्य, एमाले गाउँकमिटिका पदाधिकारी लगाएको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - १८:५७:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology