शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पोखरामा एमालेको चुवावी कार्यक्रम, एमाले धादिङका संस्थापक नेता नेपाल पनि सहभागी

पोखरामा एमालेको चुवावी कार्यक्रम, एमाले धादिङका संस्थापक नेता नेपाल पनि सहभागी

नागरिक पाटी

२६, कार्तिक २०७९
  • 3.4K
    SHARES
  • पोखरामा एमालेको चुवावी कार्यक्रम, एमाले धादिङका संस्थापक नेता नेपाल पनि सहभागी

    नेकपा एमाले संस्थापक नेता जगन्नाथ नेपाल एमालेलाई जिताउनका लागि चुनावी कार्यक्रममा सहभागि हुनुभएको छ। । एमाले संस्थापक नेपाल, उम्मेदवार त्रिपाठी लगायतका एमाले नेताहरुलाई पोखरामा पार्टी कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । मंसिर ४ का लागि गाउँ फर्केर एमालेलाई जिताउन लागि पर्ने पोखरामा बसेका एमाले कार्यकर्ताहरुले बताएका छन् ।

    images
    images

    त्यसै गरी नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठीले राष्ट्रियताको रक्षा एमालेलेमात्र गर्ने भएकोले जनताले एमालेलाई रोजिरहेको बताउनुभएको छ।

    देशको गुमेको भूमि फिर्ता ल्याउन एमालेले जित्नु पर्ने बताउँदै त्रिपाठीले विकास रसमृद्धि हाम्रै पालामा भन्ने नारा एमालेबाट मात्र सम्भव भएको बताउनुभयो । जनताहरु एमालेलाई बैधानिक रुपमा जनमत दिन मंसिर ४ गतेको प्रतिक्षामा रहेको उहाँको भनाइ छ।

    जनताको अदालतबाट एमालेको सरकार पुनस्थापित हुनेछ -डा रामकुमार अधिकारी
    नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का प्रदेश सभा उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको अदालतबाट एमाले सरकारमा पुनस्थापित हुने बताउनु भएको छ। राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दैप्रदेश सभा उम्मेदवार डा. अधिकारीले जनताको शक्ति एमालेमा केन्द्रीत भएको र अदालतको परमादेशबाट एमालेलाई हटाएपनि जनताले पुनः स्थपित गराउने बेला आएको बताउनु भएको हो ।
    आफ्नो भूमि आफ्नो आफ्नो भन्न नसक्नेहरुलाई जनताको अदालतबाट हराएरएमालेलाई बैधानिक रुपमा सरकारमा विकासका लागि पुर्याउने डा. अधिकारकिोभनाइ छ।

    प्ररायुसंघको निर्वाचन परिचालन कमिटि गठन
    राष्ट्रिय युवा संघ नेपाल धादिङ क्षेत्र नं २ मा निर्वाचन परिचालन कमिटि गठन गरेको छ।
    १ हजार ७ सय ३१ सदसिय निर्वाचन परिचालन कमिटिको संयोजकमा राजु तामाङ र सहसंयोजकमा दिपेश थापा रहनु भएको छ।
    राष्ट्रिय युवासंघले क्षेत्र नम्बर २ (१) को निर्वाचन परिचालन कमिटि संयोजकमा शुरेश तामाङ र सहसंयोजकमा कृष्णबहादुर तामाङ रहनुभएको छ।
    यसैगरि राष्ट्रिय युवासंघले क्षेत्र नम्बर २ (२) को निर्वाचन परिचालन कमिटि संयोजकमा धनु तामाङ र सहसंयोजकमा प्रदिप सिंखडा रहनुभएको छ।
    निर्वाचनमा युवाहरुको परिचालन, मतदाताको सुरक्षा, एमाले उम्मेदवार र जनताका लागि सूचना आदानप्रदान गरि एमाले पक्षमा प्रचारप्रसार गरिएमाले जिताउन लागि पर्ने राष्ट्रिय युवा संघका जिल्ला सचिव हरी शरण जम्कट्टेलले बताउनुभयो ।

    श्री ५ को बायु गुठी पीडितलाई पुर्जा दिलाउने एमाले उम्मेदवार लोहनीको प्रतिवद्धता
    धादिङ क्षेत्र नम्बर २ प्रतिनिधि सभाका नेकपा एमाले उम्मेदवार खेम लोहनीले शनिबार धादिङको ज्यामरुङ, कटुञ्जेका श्री ५ को बायुगुठी पीडितहरुलाइृ लालपुर्जा दिनका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएो छ।
    ज्यामरुङमा बायुगुठी पीडितहरुले आयोजना गरेको कायृक्रममा श्री ५ हटेर हराइसकेको अवस्थामा जनताले दुख पाएको र गुठीको नाममा पीडित भएको अवस्थामा नितिगत रुपमा निर्णय गराउन आफैँ लाग्ने उहाँको प्रतिवद्धता छ ।
    एमालेसंधैँ जनताको पक्षमा रहेकोले यसअघि पनि आफू जनताको पक्षमा लागेर समस्या समाधानका लागि पहल गरेको स्मरण गर्दै आफूलाई जनताले एमालेलाई साथ दिन आग्र्ह गर्नुभयो ।
    धादिङ क्षेत्र नम्बर २ (२) प्रदेश सभाका राप्रपाका उम्मेदवार डम्बर तामाङलेसमेतएमालेसंग साथमा मिलेर आफूले गुठी पीडितको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    समाचार स्रोत सौर्य इबुलेटिन

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - १८:२९:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology