शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोटमा अधिकांश मतदानस्थल संवेदनशील

नुवाकोटमा अधिकांश मतदानस्थल संवेदनशील

नागरिक पाटी

२६, कार्तिक २०७९
  • 3.9K
    SHARES
  • नुवाकोटमा अधिकांश मतदानस्थल संवेदनशील

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले ५२ मतदान स्थललाई अति संवेदनशील, ५७ मतदान केन्द्र र २३ मतदान केन्द्र सामान्य भनेर वर्गीकरण गरेको छ । यहाँ एक सय ३२ मतदान स्थल र दुई सय ८८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

    images
    images

    सुरक्षा समितिको बैठकले भौगोलिक विकटता, विगतको निर्वाचनमा भएका विवाद र निर्वाचन विरोधी गतिविधि, आपराधिक व्यक्तिको प्रयोग हुनसक्ने अवस्था, जातियता–क्षेत्रियता–साम्प्रदायिकता जस्ता आधारमा मतदानस्थलको वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

    संवेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालन र केही समस्या आएमा तत्काल पुग्नका लागि टोली परिचालन गर्न सहज बनाउन मतदान स्थलको वर्गीकरण गरिएको सहायक प्रजिअ अर्यालको भनाइ छ । ककनी र बेलकोटगढी नगरपालिका तथा किस्पाङ, पञ्चकन्या, तारकेश्वर, म्यागङ र शिवपुरी गाउँपालिकाभित्रका सबै मतदानस्थललाई अतिसंवेदनशील तथा संवेदनशीलमा राखिएको छ ।

    विदुरमा एक अतिसंवेदनशील, दश संवेदनशील, १५ सामान्य, ककनीमा सात अतिसंवेदनशील, चार संवेदनशील, बेलकोटगढीमा १२ अति संवेदनशील, चार संवेदनशील, तारकेश्वरमा दुई अतिसंवेदनशील, छ संवेदनशील, म्यागङमा दुई अति संवेदनशील, पाँच संवेदनशील र किस्पाङमा तीन अतिसंवेदनशील तथा तीन संवेदनशील मतदान स्थल रहेका छ ।

    यस्तै दुप्चेश्वरमा १० अतिसंवेदनशील, तीन संवेदनशील र तीन अतिसंवेदनशील, पञ्चकन्यामा दुई अतिसंवेदनशील र चार संवेदनशील, शिवपुरीमा पाँच अतिसंवेदनशील र छ संवेदनशील, तादीमा एक संवेदनशील, पाँच संवेदनशील र एक सामान्य, सूर्यगढीमा चार अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य तथा लिखुमा एक अति संवेदनशील, तीन संवेदनशील र तीन सामान्य मतदास्थल रहेका छन् । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - २१:४५:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology