धादिङर मंसिर ४ गते हुने निर्वाचनका लागि संघिय निर्वाचन क्षेत्र नं १ अन्तरगत प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवारहरु घरदैलोको क्रममा धुनिबेशी नगरपालिकाको घर दैलो कार्यक्रममा सहभागी भएका छन् ।

निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभाका सत्ता गठबन्धनका उम्मेद्वार राजेन्द्र पाण्डे र प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार मदु कुमार श्रेष्ठ नेतृत्वको टोली आज धुनिबेशी नगरपालिकाको माथिल्लो भूभाथमा पुगेका हुन् ।

धुनिबेशी नगरपालिका वडा नं ७ को तोप्लाङमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अहिलेको गठबन्धनमा शंका नगर्न र जनताका गुनासोहरुलाई सम्वोधन गर्नको लागि गठबन्धन बनेको बताउनुभएको छ ।

घरदैलो कार्यक्रममा बोल्नु हुँदै बागमती प्रदेशका मुख्यमन्त्रि तथा प्रतिनिधि सभामा उम्मेद्वार राजेन्द्र प्रसाद पाण्डेले नागरिकका हर दुःख सुखमा आफू विगत देखि नौ लागिपरेको र अबका दिनमा पनि लागि पर्ने बताउनु भएको छ । तोप्लाङ,मजुवा,धुसेनी,लिखु,गर्दुम र थालिको विकासका लागि आफू निर्वाचित भए पछि राष्ट्रिय बजेटको व्यवस्था गर्ने पाण्डेको भनाई छ । उहाँले अहिले आफू मुख्यमन्त्री हुँदा यस ठाउँको विकासका लागि विभिन्न शिर्षकमा बजेट व्यवस्थापन गरेको बताउनु भयो ।

