धादिङको थाक्रे गाउँपालिकामा एमाले परित्याग गरि १७ जना नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेकाहरुलाई नेकपा (एकिकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले माला लगाएर स्वागत गरेका हुन् । केहि दिन अघि मात्र थाक्रे गाउँपालिका वडा नं ३ मा १५ जना युवा हरु एमाले परित्याग गरि नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेका थिए ।
नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्नेहरुमा बेग बहादुर तामाङ, आशिका तामाङ, शुमन तामाङ, विमल तामाङ, दिपेस तामाङ, कान्छा तामाङ, जगत बहादुर तामाङ, जिवन तामाङ, विनोद तामाङ, रेशम तामाङ, डिल बहादुर तामाङ, जेठा तामाङ, अर्जुन तामाङ, छविलाल तामाङ, राम बहादुर तामाङ रहेको थाक्रे गाउँपार्टी कमिटिका अध्यक्ष माधव गजुरेलले बताए ।