शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

नागरिक पाटी

२८, कार्तिक २०७९
  • 3.0K
    SHARES
  • देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

    देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ थुमुवास्थित सडकमा हाल नम्बर नखुलेको गाडीले लु.४९ प ४१८१ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    images
    images

    मृत्यु हुनेमा मोटरसाइकल चालक बाणगंगा नगरपालिका–५ कोपवा बस्ने २६ वर्षीय प्रदिप चौधरी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्करमा संलग्न गाडी तथा चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ मुग्लाहास्थित सडकमा तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु.३४ प ७७२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका मुग्लाहा बस्ने ६५ वर्षीया कपुर निशा छन् । उनको आइतबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    बाराको निजगढ नगरपालिका–१ चौबाटोस्थित सडकमा ना.६० प ८६६७ नम्बरको स्कुटर आइतबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने २७ वर्षीया रितिका गुरोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि वीरगन्ज नेशनल हस्पिटल पर्सा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार उनको श्रीमान र छोराको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    झापाको दमक नगरपालिका–५ स्थित सडकमा प्र.१–०२–०४५ प १८५३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने ३० वर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई लाईफ लाईन अस्पताल दमक हुँदै थप उपचारको लागि बिर्तासिटि बिर्तामोड रिफर गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १५:१४:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology