सिद्धलेक। नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार भूमि त्रिपाठीले जनताले दिएको मतको कदर गर्ने बताउनुभएको छ।
सोमबार सिद्धलेक गाउँपालिका वडा नम्बर २ को ठाँटीमा भएको चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले जनताको मतको कदर गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तपाईहरुको मतको कदर गर्नेछु ।
खेर जान अवश्य दिनेछैन । अघिल्लो निर्वाचनमा जसरी विश्वास गर्नुभयो,यसपटक पनि यहाँहरुको माया पाउनेछु ।’ यसअघि सांसद हुँदा पनि सिद्धलेकको विकासमा सक्दो पहलकदमी गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मतदाता भोटघाटको क्रममा त्रिपाठीले जनताको माग अनुसारको कार्यक्रमहरु प्राथमिकताका आधारमा गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो। साथै पर्यटन क्षेत्र बिकास गर्न र सिंचाई ब्यवस्थित गर्न प्रतिबद्धता व्यक्त गर्दै एमाले उम्मेदवार त्रिपाठीले आफूहरु शासक नभइ जनताको सेवक भएकोले जनताको मतको सम्मान गर्ने बताउनुभयो ।
जनता न्यायाधिस भएकोले जनमत भएको एमालेलाई जिताउने उहाँको भनाइ छ। उम्मेदवार त्रिपाठीलाई टोल बस्तीमा मतदाताहरुले स्वागत गरेका थिए । घरघर र टोलटोलमा पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई मतदाताहरुले सिद्धलेकको विकासका लागि निरन्तर लाग्न आग्रह गरेका छन् । उहाँले सोमबार सिद्धलेक वडा नं १ को पिपलनलाङ, बलमडाँडा, छापगाउँ, वडा नं २ को ठाँटी, खिर्रे लगायतका स्थानमा मतदातालाई भेट गर्नुभएको छ । कार्यक्रममा एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
देशलाई विकास र समृद्धितर्फ अगाडि बढाउने हो : उम्मेदवार लोहनी
नेत्रावती। नेकपा एमालेका केन्द्रिय सदस्य एवम धादिङ क्षेत्र नम्वर २ प्रतिनिधि सभाका उम्मेदवार खेमप्रसाद लोहनीले देशलाई अब विकास र समृद्धि तर्फ अगाडि बढाउने बताउनुभएको छ ।
सोमबार धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ भोग्टेनीमा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले गएको ५ वर्ष नीति निर्माण गरेको भन्दै अब विकास र समृद्धि तर्फ अगाडि बढाउने वताउनुभएको हो । उहाँले नेत्रावती डबजोङको हरेक समस्यासँग आफु जानकार रहेको भन्दै समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।
लोहनीले आफ्नो ५ बर्षे कार्यकालमा जनताले अनुभुती गर्नेगरी काम भएको दाबी गर्नुभयो । यस क्षेत्रको विकास निर्माण जनताको जीवनस्तर उकास्न विभिन्न योजनाहरु कार्यान्वयन गरेको भन्दै आगामी दिनमा पनि जनताको माग र आवश्यकता अनुसार विभिन्न योजना तथा बजेट मार्फत समृद्धिको यात्रामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । एमालेले विकास र समृद्धिको जग बसालेको र जनताको अपेक्षा एमालेसँग मात्रै भएको उहाँको भनाई छ ।
नेपालको समग्र विकासको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको वताउनुभयो । लोहनीले बिगतमा एमालेले गरेका अधिकांश प्रतिबद्धताहरु पुरा गरेको भन्दैे जितपछी बाँकी रहेका विकास निर्माणका काम पुरा गर्ने बताउनुभयो । उहाँले सोमबार नीलकण्ठ नगरपालिका वडा नं ११, नेत्रावती डवजोङका बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं २ को प्रदेश(ख) का उमेदवार डा.रामकुमार अधिकारी,एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
धादिङमा एमालेका उम्मेदवारलाई मतदाताले गरे भव्य स्वागत
भोग्टेनी । गाउँमा पुगेका नेकपा एमालेका उम्मेदवारहरुलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।
सोमबार धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ स्थित भोग्टेनी पुग्नु भएका एमाले धादिङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेम लोहनी र क्षेत्र नं २ को प्रदेश(ख) का उम्मेदवार डा.रामकुमार अधिकारीलाई गाउँबासीले फूलमाला र नाचगितले स्वागत गरेका छन् ।मतदाता भेटघाटका लागि पुग्नुभएका एमाले नेताहरुलाई गाउँबासीले घरघरबाट फुलको माला बनाएर ल्याएर स्वागत गरेका थिए ।
एमाले नेताहरुलाई गाउँबासी आफैँ मादलसमेत घरबाट ल्याएर स्थानीय भाकामा गित गाएर स्वागत गरेका थिए ।
मतदाताको स्वागतपछि धादिङ क्षेत्र नं २ को प्रतिनिधिसभा उम्मेदवार लोहनीले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनु भयो । यस्तै क्षेत्र नं २ को प्रदेश(ख) का उम्मेदवार डा.अधिकारीले विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएकोले गठबन्धनको आश्वासनमा नपरी मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।
समाचार स्रोत सौर्य इबुलेटिन