शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्साको आवाज संसदमा उठाउने नेता चुन्न यहाँहरुलाई अनुरोध गर्छु : उम्मेदवार प्रदीप यादव

पर्साको आवाज संसदमा उठाउने नेता चुन्न यहाँहरुलाई अनुरोध गर्छु : उम्मेदवार प्रदीप यादव

दिपु वर्णवाल

२९, कार्तिक २०७९
  • 3.1K
    SHARES
  • पर्साको आवाज संसदमा उठाउने नेता चुन्न यहाँहरुलाई अनुरोध गर्छु : उम्मेदवार प्रदीप यादव

    वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले पर्साको आवाज संसदमा उठाउने नेता चुन्न मतदाताहरुसंग अनुरोध गरेका छन् ।

    images
    images

    वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को लालपर्सा र प्रसूतीपुरमा मङगलबार घरदैलो गर्ने क्रममा मतदाताहरुलाई भेट्दै जसपाका उम्मेद्वार यादवले जनताको समस्या संसदमा राख्न सक्न नेतालाई चुन्न आग्रह गरे ।

    उनले भने ,‘ म भन्दा अघि पनि यो क्षेत्रबाट धेरै सांसदहरु जितेका थिए, तर उनिहरुले यो क्षेत्र र पर्सावासीको समस्या बारे संसदमा बोल्न हिम्मत समेत गरेनन् , तर मैले विगत ५ वर्षको कार्यकालमा मैले पर्साका एक एक समस्या संसदमा उठाए , पर्सावासीको आवाज संसदमा बुलन्द गरे , त्यसैले तपाइहरुसंग अनुरोध छ यसपालि पनि यहाको समस्या संसदमा उठाउने नेतालाई नै चुन्नु होला ।

    एसिड पिडित मुस्कान खातुनको न्यायका लागि आफुले संसदमा पटक पटक आवाज उठाएकै कारण उनले न्याय पाएको स्मरण गराउदै पूर्वमन्त्री समेत रहेका यादवले भने ,‘ मु्स्कान खातुन जो हाम्रै वीरगञ्जकी चेली हुन् उनको न्यायका लागि मैले पटक पटक संसदमा आवाज उठाए , जसका कारण राज्यले उनलाई न्याय दियो ।

    पर्सा क्षेत्र नम्बर १ मा यसअघि सांसदमा जितेका र अहिले स्वतन्त्र उम्मेदवार बनेका अजय द्विवेदीले आफनो कार्यकालमा के के काम गरे रु त्यो जनता सामु छर्लङग नै रहेको भन्दै यादवले भने ,‘ द्विवेदी जी एक पटक सांसदमा जिते , एक पटक उपमेयर पनि बने , उनले पदमा रहदा के के काम गरे रु मैले एक पटक सांसदमा जित्दा के के काम गरे रु त्यसको मुल्यांकन जनताले गर्ने बेला आएको छ । कामको मुल्यांकन र तुलना गरेर मत दिनु होला ।

    यादवले यसपालि चुनाव जिते पछि आगामी ५ वर्षको कार्यकालमा पर्सा क्षेत्र नम्बर १ मा कहि पनि कच्ची सडक नरहने र सबै सडक पक्की बनाउने वाचा पनि मतदाताहरुसंग गरे ।विगत ५ वर्षको कार्यकालमा आफुले अधिकतम कामहरु गरेको भन्दै यादवले अझ पनि धेरै काम गर्न बाँकी रहेकाले ती कामहरु अबको कार्यकालमा गर्ने प्रतिबद्धता जनाए ।

    घरदैलोमा जसपा–एमाले गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - १४:११:३१ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology