शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी २ मा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

धुनिबेशी २ मा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

नागरिक पाटी

३०, कार्तिक २०७९
  • 3.1K
    SHARES
  • धुनिबेशी २ मा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

    धादिङ क्षेत्र नम्बर १ का गठबन्धन उम्मेदवारहरुलाई धुनिबेशी नगरपालिका वडा नम्बर २ को महेशफाँटका मतदाताहरुले भव्य स्वागत गरेका छन् । चुनावी घरदैलोको क्रममा विहिबार धुनिबेशी नगरपालिका वडा नम्बर २ का मतदाताहरुले फुलमालाले स्वागत गरेका छन् ।

    images
    images

    IMG_8123.JPG

    धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता एवं् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रदेशसभा ‘१’का गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई मतदाताले गाउँवस्तीका समस्या पहिचान पनि गराएका छन् । महेशफाँटको कोणसभा गर्दै उम्मेदवारहरुले पनि मतदाताले पहिचान गराएको समस्यालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    IMG_8107.JPG

    त्यस्तै कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा ‘१’ का उम्मेदवार मधुकरमार श्रेष्ठले मतदाताको समस्या समाधान गर्ने र आवश्यकता परिपूर्ति गर्ने काममा आफु सधैं तत्पर रहेको स्पष्ट पारे ।

    IMG_8119.JPG

    मतदाताको घरदैलोमै पुगेर कोणसभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री एवं् धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार पाण्डेले सडक, पुल, खानेपानी लगायतका आधारभुत आवश्यकताभित्र पर्ने आवश्यकता पुरा गर्न आफु प्रतिवद्ध रहेको बताए ।

    IMG_8129.JPG

    IMG_8106.JPG

    IMG_8108.JPG

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - १५:५३:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology