शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीको लोकप्रियता बढ्दै

प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीको लोकप्रियता बढ्दै

दिपु वर्णवाल

३०, कार्तिक २०७९
  • 2.9K
    SHARES
  • प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीको लोकप्रियता बढ्दै

    वीरगञ्ज । पर्साको क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीको लोकप्रियता बढ्दै गएको छ । निर्वाचन नजिकिदै जाँदा उनलाई समर्थन गर्नेहरुको संख्या पनि बढ्दै गएको हो । पाँच दलीय सत्ता गठबन्धनबाट क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार कुर्मीको घरदैलोमा उपस्थित हुनेहरुको संख्याले यस कुरालाई पुष्ठि गर्छ । उनको बढ्दो लोकप्रियता देखेर विपक्षीहरु पनि अतालिएका छन् ।

    images
    images

    कुर्मीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का मतदातासँग भेटघाट पनि गरेका छन् । भेटघाटका क्रममा निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका कुर्मीको कार्यकाल अत्यन्तै सफल रहेको र उनले उल्लेख्य काम गरेको हुँदा फेरी अवसर दिनुपर्ने मतदाताले प्रतिक्रिया दिएका छन् ।

    शिक्षामा सुदृढीकरणसँगै आधुनिकतासँगै प्रविधिलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिँदै उनले प्राविधिक र आधुनिक शिक्षाको अवधारणा ल्याउनुपर्ने बताए । शिक्षाको विकासबिना अरु क्षेत्रको विकास असम्भव भएको हुँदा शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने कुर्मीको भनाई छ । 

    घरदैलोका क्रममा कुर्मीसँगै गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, लोसपा लगायतका दलका नेता एवम् कार्यकर्ता उपस्थित थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - १७:४०:२३ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology