शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सत्ता गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै

सत्ता गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै

नागरिक पाटी

१, मंसिर २०७९
  • 2.9K
    SHARES
  • सत्ता गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै

    सत्तारुढ गठबन्धनले आज काठमाडौँमा बृहद चुनावीसभा गर्दैछ । गठबन्धनको काठमाडौँ क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो ।

    images
    images

    अपराह्न २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    ४ मंसिरमा हुने निर्वाचनका लागि काठमाण्डौं–२ मा गठबन्धनबाट पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती तथा प्रदेशसभा (१) मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (२) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ०८:५०:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology