शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निर्वाचनको सुरक्षा तयारी पूरा, नेपाली सेनाले हवाई गस्ती गर्ने

निर्वाचनको सुरक्षा तयारी पूरा, नेपाली सेनाले हवाई गस्ती गर्ने

नागरिक पाटी

२, मंसिर २०७९
  • 3.2K
    SHARES
  • निर्वाचनको सुरक्षा तयारी पूरा, नेपाली सेनाले हवाई गस्ती गर्ने

    आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सम्पूर्ण सुरक्षाको तयारी पूरा भएको गृह मन्त्रालयले जानकारी दिएको छ। आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै देशका सबै जिल्लामा सुरक्षाकर्मी परिचालन भएको गृह मन्त्रालयका गृहसचिव विनोद प्रकाश सिंहले जानकारी दिएका छन्।

    images
    images

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर ३ लाख सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। ७५ हजार नेपाली सेना, ७१ नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको छ।

    त्यस्तै, नेपाली सेनाले आजदेखि नै हवाई गस्ती समेत सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। देशको कुनै पनि ठाउँमा ३० मिनेटमा पुग्ने गरी सेनाको टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ।

    यस्तै, विभिन्न प्रदेशहरूको इटहरी, सुर्खेत, काठमाडौं लगायत स्थानमा सेनाको हेलिकप्टर पनि तयारी अवस्था रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

    निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्ने साना तथा ठूला लाइसेन्स भएका र गौर कानुनी रुपमा राखिएको हातहतियार समेत नियन्त्रणमा लिइएको छ। अहिलेसम्म २ हजार २५ वटा हतियार नियन्त्रणमा लिइएको छ। सुरक्षा संवेदनशीलतालाई हेरेर औषतरुपमा एउटा निर्वाचन स्थलमा ८ जना सुरक्षाकर्मी राखिने भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - १५:४०:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology