शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आम निर्वाचन : पाँच लाख मतदाताले काठमाडौं उपत्यका छाड्दै

आम निर्वाचन : पाँच लाख मतदाताले काठमाडौं उपत्यका छाड्दै

नागरिक पाटी

३, मंसिर २०७९
  • 4.7K
    SHARES
  • आम निर्वाचन : पाँच लाख मतदाताले काठमाडौं उपत्यका छाड्दै

    आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न करिब पाँच लाख मतदाता जिल्ला जाने भएका छन् । मतदाता बुधबारदेखि जिल्ला जान थालेको र शनिबारसम्म यो संख्या पाँच लाख पुग्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुमान छ । विभिन्न जिल्लाबाट राजधानीमा बसोवास गर्दै आइरहेका चुनावका लागि मंगलबारदेखि नै घर फर्किन थालेका हुन्।

    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टका अनुसार शनिबार रातिसम्म झन्डै पाँच लाख यात्रु घर फर्कने अनुमान गरिएको छ । दसैँ–तिहारको वेलाझैँ सडकमा घर फर्कनेको भिड लागेको उनले बताए । चुनावी सुरक्षामा ट्राफिक प्रहरी खटिनुपरेकाले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।

    ट्राफिक प्रहरीका अनुसार विभिन्न यात्रुवाहक सवारीसाधनमा मंगलबार ४० हजार ३५९, बुधबार ५५ हनार ३४५, बिहीबार ६३ हजार ३२४ र शुक्रबार दिउँसोसम्म ८० हजार यात्रु बाहिरिएका छन् । शनिबार उपत्यका छाड्नेको संख्या थप बढ्ने अनुमान छ । निर्वाचन आयोगले चुनावी सुरक्षालाई ध्यानमा राख्दै मतदानको अघिल्लो दिन राति १२ बजेदेखि यातायातमा रोक लगाएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका चारवटै नाकामा घर फर्कनेको भिड बढेको छ । बिहान तथा बेलुकी लामो दूरीका बस कोटेश्वर, बालाजु, कलंकी, गौशाला, नयाँ बसपार्क, भक्तपुर जगाती, बल्खुलगायत क्षेत्रबाट छुट्ने गरेका छन् । मतदान गर्न घर फर्कनेको भिडभाड बढेकाले सवारीसाधनको चाप पनि बढेको छ । पत्रपत्रिकाबाट 

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०७९ शनिवार - ०८:४५:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology