शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निर्धक्क भएर मतदान गर्नुस् : प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्धक्क भएर मतदान गर्नुस् : प्रमुख निर्वाचन आयुक्त थपलिया

नागरिक पाटी

३, मंसिर २०७९
  • 2.9K
    SHARES
  • निर्धक्क भएर मतदान गर्नुस् : प्रमुख निर्वाचन आयुक्त थपलिया

    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।

    images
    images

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो आग्रह गर्नुभएको हो ।

    मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म देशभर प्रनिधिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा भाग लिई आफ्नो मतअधिकार प्रयोग गर्न आयोगको तर्फबाट सबै मतदातालाई हार्दिक आह्वान गर्नुभएको छ । साथै उहाँले भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिक मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने, निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धि सम्पूर्ण तयारीहरु पूरा भइसकेको छ ।’’

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनिय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टाबाट सुरु भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७९ को पालनामा आयोगले विशेष सजकता अपनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०७९ शनिवार - १४:२९:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology