धादिङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार भुमि त्रिपाठीले एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेलाई पछि पार्दै अग्रस्थानमा छन् । त्रिपाठीले २६२४ मत ल्याएका छन् भने पाण्डेले २६०३ मत ल्याएका छन् । दुई उम्मेदवारको मतान्तर २१ रहेको छ । यो क्षेत्रमा एमाले र राप्रपाको तालमेल छ भने एकिकृत समाजवादी, काँग्रेस र माओवादीको अर्को गठबन्धन छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ५७२ मत ल्याएका छन् । अहिले सम्म धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गल्छि गाउँपालिकाको वडा नम्बर २ र ५, यस्तै ३ र ७ को मतगणना सकिएको छ । अहिले सम्म प्रतिनिधी सभा अन्तर्गत ६०६२ मत गणना भईसकेको छ ।