शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको क्षेत्र नम्बर १ अन्तर्गत गल्छिको मतगणना सकियो, १८३ मतले राजेन्द्र पाण्डे अगाडी

धादिङको क्षेत्र नम्बर १ अन्तर्गत गल्छिको मतगणना सकियो, १८३ मतले राजेन्द्र पाण्डे अगाडी

आशिष ठकुरी

६, मंसिर २०७९
  • 10.9K
    SHARES
  • धादिङको क्षेत्र नम्बर १ अन्तर्गत गल्छिको मतगणना सकियो, १८३ मतले राजेन्द्र पाण्डे अगाडी

    धादिङ । धादिङ क्षेत्र नं. १ मा पहिलो चरणको मतगणनामा राजेन्द्रप्रसाद पाण्डेले अग्रता लिएका छन् । सोमबार दिँउसोबाट पहिलो चरणमा गल्छी गाँउपालिकाको मतगणना गर्दा पाण्डेले १८३ ले अग्रता गरेका हुन् ।

    images
    images

    गल्छीको ८ वटै वडाको मतगणना गर्दा बाम लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डेले ५ हजार ३७१ मत पाएका छन् । त्यस्तै एमालेका भूमी प्रसाद त्रिपाठीले ५ हजार १८८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार ५६५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।

    कुल २० हजार ५१४ मतदाता रहेको गल्छी गाँउपालिकामा १२ हजार ८८३ मत खसेको थियो । जसमध्ये ४०६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।

    partinidhi final 4.png

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - ०८:३७:२७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology