धादिङको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा १ को मतगणना जारी छ । जारी मतगणना अनुसार गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका काँग्रेसका मदुकुमार श्रेष्ठ १ हजार ४ सय ५५ मत सहित अगाडी छन् । धुनिवेशीको ९ वटै वडाको मतगणना हुँदा उनले ६५०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।
यस्तै एमालेको तर्फबाट रमेशकुमार आचार्यले ५०५० मत ल्याएका छन् । यस्तै राप्रपाका गिता प्रसाद आचार्यले ९८७ मत ल्याएका छन् भने स्वतन्त्रका नेत्रराज पौडेलले ११६७ मत ल्याएका छन् ।