धादिङ । धादिङ क्षेत्र नं. १ को मतगणना जारी छ । प्रतिनिधी सभा तर्फ गल्छि गाउँपालिकाको मतगणना सकिएपछि थाक्रे गाउँपालिकाको ७ वटा वडाको मतगणना सम्पन्न भएको हो ।
थाक्रे गाउँपालिका वडा नम्बर १,२,३,५,८,९र११ को मतगणना हुँदा एकिकृत समाजवादीको उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता छ । उक्त वडाहरुमा पाण्डेले ४५८२ मत लेराएका छन् भने एमालेका उम्मेदवार भुमि त्रिपाठीले ४१६१ मत लेराएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १३१९ मत लेराएका छन् । यस्तै अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले १९० मत लेराएका छन् भने ३१६ मत बदर भएको छ ।
समग्रमा अहिले सम्म उम्मेदवार राजेन्द्र पाण्डेले ९९५३ भुमि त्रिपाठीले ९३४९, हिमेश पन्तले २८८४ मत लेराएका छन् । त्रिपाठी भन्दा पाण्डे ६०४मतले अगाडी रहेका छन् ।