शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको क्षेत्र नम्बर १ (१) : गठबन्धनका मदुकुमार श्रेष्ठ निर्वाचित

धादिङको क्षेत्र नम्बर १ (१) : गठबन्धनका मदुकुमार श्रेष्ठ निर्वाचित

आशिष ठकुरी

७, मंसिर २०७९
  • 10.3K
    SHARES
  • धादिङको क्षेत्र नम्बर १ (१) :  गठबन्धनका मदुकुमार श्रेष्ठ निर्वाचित

    धादिङको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा १ को मतगणना सकिएको छ । मतगणना सकिँदा गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका काँग्रेसका मदुकुमार श्रेष्ठ १२९४ मत अन्तर सहित निर्वाचित भएका छन् । उनले १७८३२ मत प्राप्त गरेका हुन् भने एमालेका रमेशकुमार आचार्यले १६५३८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।

    images
    images

    यस्तै राप्रपाको गिता प्रसाद आचार्यले १८५२, स्वतन्त्रका नेत्रराज पौडेलले ४६८८ मत ल्याएका छन् । यसैगरी नेपाल मजदुर किसान पार्टीका पदम बहादुर तामाङले ७१, जनता समाजवादी पार्टी नेपालका सुर्य बहादुर तामाङले १२०, मँगोल नेशनल अर्गनाईजेशनका धर्मराज गुरुङले ८५१, जनसमाजवादी पार्टी नेपालका विष्णु नेपालीले ८२, स्वतन्त्रका इश्वर प्रसाद कोईरालाले २५१, कुमार विश्वकर्माले ३८४, माधव प्रसाद खतिवडाले १३, रमेश प्रसाद आचार्यले ४०८, रविना पौडेलले १४, सुजन थिङले १५७ र सुरतकुमार श्रेष्ठले १५ मत ल्याएका छन् ।

    यो क्षेत्रमा ७३१५७ कुल मतदाता रहेकोमा ४४६१२ मत खसेको थियो । यसमा ४३२७६ मत सदर र १३३६ मत बदर भएके छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - १५:४९:३० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology