धादिङ प्रतिनिधि सभा क्षेत्र न २ को प्रदेश सभा १ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोविन्द लम्साल निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेद्वार डा. रामकुमार अधिकारीलाई २९९७ मतले पछाडी पार्दै निर्वाचित भएका हुन् ।
लम्सालले १९,४१९ र अधिकारीले १६,४२२ मत पाएका छन् । त्यसै गरी सोहि क्षेत्रमा मंगोल नेशनल अर्गनाईजेशनका उम्मेद्वार शालिकराम थापा मगरले १०१३ मत पाएका छन् । यस्तै गरी स्वतन्त्र उम्मेद्वारी दिएका दयाराम लम्सालले १४२ मत पाएका छन् ।