धादिङ । धादिङ प्रतिनिधि सभा क्षेत्र न २ प्रदेश सभा २ मा राप्रपाका उम्मेद्वार डम्बर बहादुर तामाङ निर्वाचित भएका छन् । उनी नेकपा माओवाद केन्द्रका नेता तथा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार जगत सिम्खडालाई १३१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । यो क्षेत्रमा नेकपा एमालको समर्थन राप्रपालाई थियो ।
कुल मतगणनामातामाङले १४ हजार ४८१ र सिम्खडाले १४ हजार ३५० मत पाएका छन् । सोहि क्षेत्रमा मंगोल नेशनल अर्गनाईजेशनका उम्मेद्वार सन्तोष कुमार तामाङले ४२४,नेपाली काग्रेस बिपीका उम्मेद्वार सेतेमान घलले २८५,जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार इमान तामाङले २४३, नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार शिवराम किजुले ६५,मत प्रात गरेका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेद्वारी दिएका सुन्दर तामाङले ९८,रामकृष्ण बसौलाले ३२ र उम्मेद्वारी निष्कृय बनाएको भनिएको नेपाली काग्रेसका नेतृ देवी कुमारी बुर्लाकोटीले ८० मत पाएकी छिन् ।
यसअघि धादिङ प्रतिनिधि सभा क्षेत्र न २ को प्रदेश सभा १ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोविन्द लम्साल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार डा। रामकुमार अधिकारीलाई २९९७ मतले पछाडी पार्दै निर्वाचित भएका हुन् । लम्सालले १९,४१९ र अधिकारीले १६,४२२ मत पाएका छन् ।