शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता

एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता

नागरिक पाटी

१४, मंसिर २०७९
  • 4.3K
    SHARES
  • एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता

    एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो ।

    images
    images

    प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो सङ्ख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन । यो केवल जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र सङ्ख्या हो ।

    सेवा प्रदायकले लामो समय प्रयोगविहीन रहेका मोबाइल सिमकार्डलाई निष्क्रिय बनाउँदा प्रयोगकर्ताको सङ्ख्या तथ्याङ्कमा घट्ने गरेको छ । प्राधिकरणले एक वर्षसम्म प्रयोग नभएका सिमकार्ड सेवा प्रदायकले निष्क्रिय बनाउन सक्ने व्यवस्था लागू गरेको छ । प्राधिकरणका अनुसार कुल मोबाइल प्रयोगकर्तामध्ये नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नेको सङ्ख्या दुई करोड सात लाख नाघेको छ । त्यस्तै एनसेलको सिमकार्ड प्रयोग गर्नेको सङ्ख्या एक करोड ७१ लाखमाथि छ । स्मार्ट टेलिकमले करिब २४ लाख सिमकार्ड बिक्री गरेको छ ।

    घटेका मोबाइल प्रयोगकर्तामध्ये अधिकांश नेपाल टेलिकमका ग्राहक छन् । असारसम्म टेलिकमले दुई करोड १३ लाख ७७ हजार सिमकार्ड बिक्री गरेकामा साउनमा यो सङ्ख्या घटेर दुई करोड सात लाखमा सीमित भएको छ । टेलिकमका मात्रै उक्त अवधिमा छ लाख ७४ हजारभन्दा धेरै ग्राहक घटेका छन् । उक्त अवधिमै एनसेलका प्रयोगकर्ता बढ्दा समग्रमा एक महिनामा मोबाइल प्रयोगकर्ताको सङ्ख्या छ लाखले घटेको देखिएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०७९ बुधवार - १०:३६:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology