शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निर्वाचन आयोगले बुझायो बागमती प्रदेश प्रमुखलाई प्रतिवेदन

निर्वाचन आयोगले बुझायो बागमती प्रदेश प्रमुखलाई प्रतिवेदन

नागरिक पाटी

२, पौष २०७९
  • 3.6K
    SHARES
  • निर्वाचन आयोगले बुझायो बागमती प्रदेश प्रमुखलाई प्रतिवेदन

    हेटौंडा । निर्वाचन आयोगले बागमती प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुख समक्ष बुझाएको छ ।

    images
    images

    आयोगका सचिव गोकर्णमणी दुवाडीले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई ४ मंसिरमा सम्पन्न निर्वाचनको प्रतिवेदन बुझाएका हुन् । आयोगले प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो ।

    योसँगै अब प्रदेशमा नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । ११० प्रदेशसभा सदस्य रहेको बागमतीमा यसपटक कुनैपनि पार्टीले स्पष्ट बहुमत प्राप्त गर्न सकेको छैन् ।

    ४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा प्रत्यक्ष र समानुपातिकसहित गरेर सत्ता गठबन्धनको नेपाली कांग्रेस ३७ सिटसहित पहिलो पार्टी बनेको छ भने नेकपा एमाले २७ सिटसहित दोस्रो पार्टी बनेको छ ।

    यसैगरी नेकपा माओवादी २१ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी १३ सिट, नेकपा एकीकृत समाजवादी ७ सिट, नेपाल मजदुर किसान पार्टीले ३ सिट र हाम्रो नेपाली पार्टीले २ सिट प्राप्त गरेको छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २, २०७९ शनिवार - १८:१३:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology