शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तेस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगितामा धुनिवेशी डोजो प्रथम

तेस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगितामा धुनिवेशी डोजो प्रथम

आशिष ठकुरी

२, पौष २०७९
  • 10.9K
    SHARES
  • तेस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगितामा धुनिवेशी डोजो प्रथम

    भन्ज्याङ पोखरी (धादिङ) । तेस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगितामा धुनिवेशी डोजो प्रथम भएको छ । धादिङ धुनिवेशी डोजोको आयोजनामा धुनिबेशी नगरपालिका वडा नम्बर १ भन्ज्याङपोखरीमा भएको प्रतियोगितामा विभिन्न ३८ वटा पदकहरु जित्दै धुनिवेशी डोजो प्रथम भएको हो । धुनिबेशीले प्रतियोगितामा स्वर्णपदक ११ वटा, रजत पदक १० वटा र काश्य पदक १७ वटा गरि ३८ वटा पदक जितेको हो ।

    images
    images

    यस्तै प्रतियोगितामा बिग बुद्ध डोजो दृतिय भएको छ । बिग बुद्ध स्वर्ण ५, रजत ३ र काश्य ५ गरी १३ पदक सहित दृतिय भएको हो । यस्तै प्रतियोगितामा सामरी डोजो नुवाकोट तृतिय भएको छ । सामरी डोजो स्वर्ण ४, रजत २ र काश्य ५ गरी ११ पदक सहित तृतिय भएको हो ।

    dhunibeshi dojo 4.JPG

    प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने समुह तथा व्यक्तिलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै महिला तथा पुरुष तर्फ उत्कृष्ट भएका खेलाडीलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विभिन्न ९ वटा डोजोको सहभागिता रहेको थियो ।

    कार्यक्रमको लागि धुनिवेशी नगरपालिकाले सहयोग गरेको हो भने विभिन्न सँस्था तथा व्यक्तिहरुले पनि स्वेच्छिक रुपमा सहयोग गरेका छन् । कार्यक्रममा सहभागी अतिथी लगायतलाई मायाको चिनो पनि प्रदान गरिएको छ ।

    dhunibeshi dojo 3.JPG

    कार्यक्रममा प्रमुख अतिथी तथा नगरपालिकाका मेयर बालकृष्ण आचार्यले खेलकुदको विकास र विस्तारका लागि आफु सदैव तयार रहेको बताउनुभएको छ । यस्तै कार्यक्रममा अध्यक्ष मिथुन तामाङले नगरपालिकामा तेस्रो पटक कराते प्रतियोगिता आयोजना गरिएको र यसलाई निरन्तर रुपमा आगामी वर्षहरुमा पनि सञ्चालन गरिने बताउनुभएको छ ।

    dhunibeshi dojo 2.JPG

    धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता भएको कार्यक्रममा मिडिया पार्टनरको रुपमा रेडियो राजमार्ग, नागरिकपाटी डटकम, अनलाईन केन्द्र डटकम, टोलटोलको खबर डटकम र कृषी रेडियो रहेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २, २०७९ शनिवार - २१:२२:०६ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology