धादिङको धुनिवेशीमा होमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । धुनिवेशी नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को सँयुक्त आयोजनामा घरवास तथा होमस्टे सँचालन सम्बन्धी ७ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।
तालिम अवधीभर होमस्टे सञ्चालनका लागि आवश्यक जानकारी सहभागिहरुलाई गराईने आयोजकले बताएको छ । तालिममा विभिन्न वडाका ५० जना भन्दा बढिको सहभागिता रहेको छ ।

धुनिवेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नाथमका विभागिय प्रमुख अजयकुमार ढकालको प्रमुख आतित्थ्यता र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अच्युत राज रेग्मी लगायत जनप्रतिनिधी, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी लगायतको पनि सहभागिता रहेको थियो । आज देखी सुरु भएको तालिम ११ गते सम्म सञ्चालन आयोजकले जनाएको छ ।