शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेश : सभामुखको निर्वाचन तालिका सार्वजनिक

बागमती प्रदेश : सभामुखको निर्वाचन तालिका सार्वजनिक

नागरिक पाटी

१९, पौष २०७९
  • 3.3K
    SHARES
  • बागमती प्रदेश : सभामुखको निर्वाचन तालिका सार्वजनिक

    मकवानपुर । बागमती प्रदेशसभाका सभामुखको निर्वाचनको कार्य तालिका सार्वजनिक गरिएको छ । प्रदेशसभाको गत सोमबारको बैठकले आगामी पुस २९ गतेका लागि सभामुखको निर्वाचन तोकेसँगै प्रदेशसभा सचिवालय हेटौंडाले निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको हो ।

    images
    images

    नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख निर्वाचन गर्नु पर्ने प्रावधान रहेको छ । सोही अनुसार पुस १८ गते सोमबार दिउँसो बसेको बैठकले पुस २९ गते शुक्रबारका लागि सभामुखको निर्वाचनको मिति तोकेको थियो ।

    प्रदेशसभाको उक्त बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अघि बढाउन र निर्वाचनका कार्यक्रमहरू सार्वजनिक गर्न सचिव खड्कालाई जिम्मेवारी दिएको थियो । प्रदेशसभाको बैठकको निर्णय अनुसार प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले सभामुखको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेका हुन् । सचिव खड्काले प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को प्रयोजनका लागि निर्वाचन कार्यक्रमको सार्वजनीक गरेका छन् ।

    जारी सूचना अनुसार पुस २८ गते बिहीबारका लागि मनोनय दर्ताको कार्यक्रम राखिएको छ । उक्त दिन बागमती प्रदेश सभा सचिवालयको कोठा नम्बर–१२ मा बिहान १०ः३० देखि २ः०० बजेसम्म मनोनयनको कार्यक्रम सञ्चालन हुने सचिव खड्काले जानकारी दिए । त्यस्तै पुस २८ गते नै दिउँसो २ः३० बजेदेखि ३ः३० सम्मका लागि मनोनयन फिर्ताको कार्यक्रम रहको छ । सोही दिन दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन कार्यतालिका रहेको छ । पुस २९ गते शुक्रबार बिहान ११ः०० बजेका लागि बागमती प्रदेश सभा हलमा निर्वाचनको कार्यक्रम रहेको छ ।

    सभामुखको निर्वाचनको लागि कुनै एक जना प्रदेश सदस्यले एकरएक जना प्रस्तावक र समर्थकसहित प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७४ को अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - १९:०१:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology