शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलकोटगढीमा निशुल्क स्वास्थ्य शिविर जारी, शनिबार ५४० जनाको स्वास्थ्य परिक्षण तथा उपचार

बेलकोटगढीमा निशुल्क स्वास्थ्य शिविर जारी, शनिबार ५४० जनाको स्वास्थ्य परिक्षण तथा उपचार

आशिष ठकुरी

२९, माघ २०७९
  • 7.2K
    SHARES
  • बेलकोटगढीमा निशुल्क स्वास्थ्य शिविर जारी, शनिबार ५४० जनाको स्वास्थ्य परिक्षण तथा उपचार

    नुवाकोटको बेलकोटगढीमा जारी निशुल्क स्वास्थ्य शिविरमा शनिबार दोस्रो दिन ५४० जनाले स्वास्थ्य परिक्षण तथा उपचार गराएका छन् । पाथीभरा महिला साना किसान कृषि सहकारी सँस्था धमलेको पहल र कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज नेपाल पोखराको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा २०१ जना पुरुष र ३३९ जना महिलाले स्वास्थ्य परिक्षण तथा उपचार गराएको सहकारीका अध्यक्ष शान्ता खतिवडा तिवारीले बताईन् । यसअघि शुक्रबार ३१२ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका थिए ।

    images
    images

    swastha 1.jpg

    निशुल्क स्वास्थ्य परिक्षण अन्तर्गत ओपिडि परिक्षण ४६४ जनाले गराएका छन् भने स्त्री तथा प्रसुती अन्तर्गत १२५ जना र ३४१ जनाले आँखा जाँच गराएका छन् । आँखाका बिरामी मध्ये १४ जनाको मोतिबिन्दुको अप्रेसन पनि गरिएको सहकारीका प्रवन्धक राजकुमार तामाङले बताए । निशुल्क स्वास्थ्य शिविर भोलि फागुन १ गते सम्म सञ्चालन हुनेछ ।

    गाउँमा निशुल्क स्वास्थ्य परिक्षणको आयोजना हुँदा सेवाग्राही तथा स्थानिय खुसी छन् भने सेवा गर्न पाउँदा आयोजक पनि खुसी देखिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - ०९:२१:०७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology