नुवाकोटको बेलकोटगढीमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा १ हजार ९ सय १० जनाले स्वास्थ्य परिक्षण तथा उपचार गराएका छन् । शुक्रबार देखी सुरु भएको शिविरमा सोमबार सम्म उक्त सँख्याका विरामीले स्वास्थ्य परिक्षण तथा उपचार गराएका हुन् ।

पाथीभरा महिला साना किसान कृषि सहकारी सँस्था धमलेको पहल र कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज नेपाल पोखराको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा शुक्रबार ३१२ जना, शनिबार ५४० जना, आईतबार ५२४ जना र सोमबार ५३४ जनाले स्वास्थ्य परिक्षण तथा उपचार गराएको सहकारीका अध्यक्ष शान्ता खतिवडा तिवारीले बताईन् ।
सोमबार अन्तिम दिन निशुल्क स्वास्थ्य परिक्षण अन्तर्गत ओपिडि परिक्षण ४८२ जनाले गराएका छन् भने स्त्री तथा प्रसुती अन्तर्गत १४५ जना, दाँतको जाँच तथा उपचार १७४ र ३०४ जनाले आँखा जाँच गराएका छन् । आँखाका बिरामी मध्ये ९ जनाको मोतिबिन्दुको अप्रेसन पनि गरिएको सहकारीका प्रवन्धक राजकुमार तामाङले बताए ।
गाउँमा निशुल्क स्वास्थ्य परिक्षणको आयोजना हुँदा सेवाग्राही तथा स्थानिय खुसी छन् भने सेवा गर्न पाउँदा आयोजक पनि खुसी देखिएका छन् ।
निशुल्क स्वास्थ्य शिविरका केहि तस्बिरहरु :