आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैंकको ब्याजदर घट्यो : नयाँ कर्जामा चैत र पुरानोलाई वैशाखबाट लागू हुने

बैंकको ब्याजदर घट्यो : नयाँ कर्जामा चैत र पुरानोलाई वैशाखबाट लागू हुने

नागरिक पाटी

२६, फाल्गुण २०७९
  • 3.6K
    SHARES
  • बैंकको ब्याजदर घट्यो : नयाँ कर्जामा चैत र पुरानोलाई वैशाखबाट लागू हुने

    काठमाडौं । उद्योगी व्यवसायीले ब्याजदर वृद्धिविरुद्ध देशव्यापी आन्दोलन गरिरहेका बेला वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर यथावत राख्दै आगामी चैत महिनामा निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले आगामी चैत महिनामा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।

    images

    संघका अनुसार चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको छ । हाल बैंकहरूले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकोमा अब १ प्रतिशत घटेपछि आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने भएका हुन् ।

    बैंकहरूले निक्षेपमा साधारण बचततर्फ ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६ दशमलव ४२ प्रतिशतदेखि अधिकतम ८ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - ०८:०४:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology