आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेयर ब्रोकरका २० शाखा खोल्न अनुमति

सेयर ब्रोकरका २० शाखा खोल्न अनुमति

नागरिक पाटी

२६, फाल्गुण २०७९
  • 3.6K
    SHARES
  • सेयर ब्रोकरका २० शाखा खोल्न अनुमति

    काठमाडौं । सेयर कारोबारलाई सहज बनाउन नेपाल धितोपत्र बोर्डले एकै पटक सेयर बोक्ररका २० वटा शाखा खोल्ने अनुमति दिएको छ । ‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ अनुसार ११ वटा ब्रोकर कम्पनीलाई विभिन्न जिल्लामा शाखा विस्तार गर्न अनुमति दिएको हो ।

    images

    निर्देशिका जारी भएपछि कम्पनीले शाखा खोल्न अनुमति माग गरेका थिए । धितो पत्र बोर्डका अनुसार एउटा कम्पनीलाई अधिकतम ६ वटा शाखा खोल्न अनुमति दिएको छ ।

    सबैभन्दा धेरै ६ स्थानमा शाखा खोल्न भृकुटी स्टक ब्रोकिङ कम्पनीले अनुमति पाएको छ । भृकुटीले पर्साको वीरगञ्ज, काभ्रेको धुलिखेल, सुर्खेतको वीरेन्द्रनगर, महोत्तरीको बर्दिबास, म्याग्दीको बेनी र दोलखाको चरीकोटमा शाखा खोल्न अनुमति पाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - ०८:०६:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology