शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एभरेष्ट बैंक धार्के शाखाद्धारा भुवनेश्वरीमा वितिय साक्षरता कार्यक्रम

एभरेष्ट बैंक धार्के शाखाद्धारा भुवनेश्वरीमा वितिय साक्षरता कार्यक्रम

शिवराज आचार्य

७, चैत्र २०७९
  • 9.5K
    SHARES
  • एभरेष्ट बैंक धार्के शाखाद्धारा भुवनेश्वरीमा वितिय साक्षरता कार्यक्रम

    धादिङ । एभरेष्ट बैंक लिमिटेड धार्के शाखाद्वारा भुवनेश्वरी माध्यमिक विद्यालयमा ग्लोबल मनी सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images

    ग्लोबल मनी सप्ताहको अवसरमा आज मंगलबार धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा वितिय साक्षरता कार्यक्रम गरेको छ।

    बैंकको धार्के शाखाका कुमार शेर्पाका अनुसार भुवनेश्वरी माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुका विचमा बैंक तथा वितिय साक्षरताका बारेमा जानकारी गराएको बताएका छन्। कार्यक्रममा विद्यार्थीहरु बैंकले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारी लिएको प्रबन्धक शेर्पाको भनाई छ। यो विश्वव्यापी मुद्रा सप्ताह २० मार्चदेखि २६ मार्चसम्म विश्वभर विविध कार्यक्रम गरि मनाउने गरीएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०७९ मंगलवार - १८:५२:५४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology