शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय पाठ्यक्रमको विषयवस्तुमा धुनिवेशीको कोट कालिका !

राष्ट्रिय पाठ्यक्रमको विषयवस्तुमा धुनिवेशीको कोट कालिका !

आशिष ठकुरी

६, बैशाख २०८०
  • 20.8K
    SHARES
  • राष्ट्रिय पाठ्यक्रमको विषयवस्तुमा धुनिवेशीको कोट कालिका !

    पाठ्यक्रमलाई शिक्षाको लक्ष्य तथा राष्ट्रिय उद्देश्य हासिल गर्न तयार गरिएको शैक्षिक कार्यक्रम भनिन्छ । यसले देशको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने दिशानिर्देश गर्दछ । पाठ्यक्रममा समावेश भएका विषयवस्तुहरु देशको सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक, भौगोलिक र ऐतिहासिक पृष्ठभूमि बोकेका हुन्छन् र तिनीहरुको विशेष महत्व रहेको हुन्छ ।

    images
    images

    पाठ्यक्रममा समावेश भएका विषयवस्तुको महत्व यति सम्म हुन्छ कि, यसले सिकारुमा अपेक्षा गरिएका सक्षमता हासिल गराउन केन्द्रिय भूमिका खेलेको हुन्छ । सिकारुमा सकारात्मक चिन्तन र व्यवहार विकास गराउने महत्वपूर्ण भूमिका यसैको रहेको हुन्छ । यस अर्थमा ती विषयवस्तु आफैंमा अति महत्वपूर्ण, सान्र्दभिक र संवेदनशिल रहन्छन् ।

    पाठ्यक्रम विकास केन्द्रले २०८० मा प्रकाशन गरेको कक्षा १० को सामाजिक अध्ययन विषय अन्तर्गतको ‘स्थानिय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण’ भन्ने शिर्षकमा यो स्थान विषयवस्तुको रुपमा समावेश भएपछि भने यो स्थानको प्रचार र विकासमा महत्वपूर्ण सहयोग पुग्ने निश्चित भएको छ ।

    नेपाल सरकार पाठ्यक्रम विकासकेन्द्रले शैक्षिक सत्र २०८० देखि लागुहुने गरि तयार गरेको माध्यमिक तह कक्षा १० सामाजिक अध्ययन विषयको पाठ्यक्रम अन्तर्गतको ‘स्थानिय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण’ भन्ने विषयवस्तुको रुपमा धादिङ जिल्लाको कोट कालिका मन्दिर समावेश भएको छ । यो स्थान धुनिवेशी नगरपालिकाको साविक जीवनुर गाविसमा पर्दछ । हालको संरचना अनुसार धुनिवेशी नगरपालिका वडा नं. ४ मा पर्ने उक्त स्थान नेपालको मध्यकालिन इतिहासको एउटा महत्वपूर्ण धरोहर हो । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको यस स्थानको महिमा हरेक वर्ष फुलपातीको दिन भने सुन्न पाइन्छ । यो बाहेक यसको इतिहास झन्डै लोप हुने अवस्थामा पुगेको छ । धुनिवेशी नगरपालिका गठन भएपछी स्थानिय पहल र बजेटमा यसको पुननिर्माण हुन लागेको भएपनि ऐतिहासिक महत्वको प्रचार भने हुन सकेको छैन ।

    पाठ्यक्रम विकास केन्द्रले २०८० मा प्रकाशन गरेको कक्षा १० को सामाजिक अध्ययन विषय अन्तर्गतको ‘स्थानिय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण’ भन्ने शिर्षकमा यो स्थान विषयवस्तुको रुपमा समावेश भएपछि भने यो स्थानको प्रचार र विकासमा महत्वपूर्ण सहयोग पुग्ने निश्चित भएको छ । किन भने विद्यालय तहको पाठ्यक्रम र पाठ्यवस्तुमा समावेश भएका स्थलको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार र खोजी हुने भएकोले यसको अध्ययन, विकास र खोजि व्यापक रुपमा हुने गर्दछ । यसले आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन बढ्न गई पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्दछ । विद्यालयहरुले आयोजना गर्ने शैक्षिक अवलोकन भ्रमणहरु पनि पाठ्यपुस्तकमा समावेश भएका विषयवस्तु अन्तर्गतका स्थान र क्षेत्रमा मात्रै हुने हुँदा यस क्षेत्रमा शैक्षिक पर्यटनको सम्भावना अत्यधिक हुने कुरामा कुनै दुईमत छैन । भ्रमण पछि भ्रमण कर्ताले तयार गर्ने अध्ययन प्रतिवेदनले पनि यसको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग गर्दछ ।

    काठमाण्डौबाट मात्रै १ घण्टाको दुरी भएको कारण उपत्यका र यस आसपासका जिल्लाका विद्यालयहरुको शैक्षिक भ्रमणको प्रमूख गन्तव्य हुने कुरामा कुनै दुइमत छैन । त्यस्तै अन्य प्रदेशबाट काठमाण्डौं शैक्षिक भ्रमण आउने वा र्फकने बाटो पनि यसै स्थानबाट भएकोले यो क्षेत्रमा पर्यटन विकास हुने कुराको निश्चित छ । यसको माध्यमबाट समग्र धुनिवेशीको सामाजिक, साँस्कृतिक, आर्थिक र ऐतिहासिक विषयको प्रचार र विकासमा महत्वपूर्ण योगदान पुग्नेछ । हामी सबैको लागि यो गर्वको विषय हो । यसको लागि नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रलाई धन्यवाद दिनु पर्दछ ।

    यसैगरी यस स्थानलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गर्ने मच्छिन्द्र माध्यमिक विद्यालय खानिखोलाका शिक्षक, प्रशिक्षक तथा लेखक धुनिवेशी नगरपालिका वडा नं. ४ का केशवप्रसाद रुपाखेती विशेष धन्यवादका पात्र हुनुहुन्छ । उहाँको यस योगदानलाई यस क्षेत्रको इतिहासले अवश्य कदर गर्नेछ । किनकी यस क्षेत्रका धेरै व्यक्तिहरु राज्य सञ्चालनका महत्वपूर्ण स्थान र पदमा पुगे र पुगिरहेका छन् । तर आज सम्म यस क्षेत्रको नाम आउने गरि कसैले पनि कार्य गरेको पाइएको छैन । आज यस स्थानको लोप भइसकेको इतिहासलाई राष्ट्रिय पाठ्यक्रमा समावेश गरी राष्ट्रिय महत्व प्रदान गर्नु चानचुने कुरा होइन । लेखकले गर्नुभएको यो प्रयासलाई धुनिवेशी नगरपालिका लगायत धादिङ जिल्लाका विभिन्न जिम्मेवार निकायहरुले अवश्य नै ध्यान दिनुहुनेछ र अनायासै राष्ट्रिय चर्चामा आउने अवसर पाएको ऐतिहासिक धरोहरको विकास हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - २१:४५:१८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology