धार्के, धादिङ । प्रभु बैंक लिमिटेड धार्के शाखाद्वारा धुनिबेशी ६ मा रहेको कालीदेवी आधारभूत विद्यालयलाई डस्बिन वितरण गरिएको छ ।
धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको प्रभु बैंक लिमिटेडले स्थानीय कालीदेवी आधारभूत विद्यालयलाई डस्बिन वितरण गरेको छ।

प्रभु बैंक धार्के शाखाका प्रबन्धक प्रविन कोईरालाले विद्यालयका प्रधानाध्यापक अर्जुन आचार्यलाई डस्बिन हस्तान्तरण गरेका हुन्। बैंकको सामाजिक उत्तरदायित्व कोषमार्फत वातावरण प्रदूषण नियन्त्रण तथा सरसफाइ कायम गर्न उक्त सहयोग गरेको प्रबन्धक कोईरालाले भनाई छ।
बैंकलेले यस किसिमका सामाजिक कार्यहरु विभिन्न समयमा गर्दै आइरहेको र आगामी दिनहरुमा समेत निरन्तरता दिने जनाएको छ।