शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपाल धादिङको अध्यक्षमा बिर बहादुर श्रेष्ठ चयन

प्रयास नेपाल धादिङको अध्यक्षमा बिर बहादुर श्रेष्ठ चयन

नागरिक पाटी

१७, भाद्र २०८०
  • 23.5K
    SHARES
  • प्रयास नेपाल धादिङको अध्यक्षमा बिर बहादुर श्रेष्ठ चयन

    धादिङबेसी । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २२ औं बार्षिक साधारणसभा तथा नवौं अधिबेशन शनिबार धादिङबेसी सम्पन्न भएको छ । २२ औं बार्षिक साधारणसभा तथा नवौं अधिबेशनले बिर बहादुर श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    images
    images

    कार्यसमितिको उपाध्यक्षमा उषा बि.क,सचिवमा गोबिन्द प्रसाद पण्डित, सह सचिवमा सरिता चेपाङ,कोषाध्यक्षमा बिपिना सिंजाली मगर सदस्यहरुमा गोमा तामाङ र सुरेन्द्र बि.कलाई चयन गरेको संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिनु भयो ।

    जनजिविका होटलको सेमिनार हल धादिङबेसीमा भएको जिल्ला स्तरीय बार्षिक सामाजिक परिक्षण तथा २२ औं बार्षिक साधारण सभामा संस्थाको ०७९÷०८० वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो । साधारणसभा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुल मान बिश्वकर्माको प्रमुख आतिथ्य,संस्थाका अध्यक्ष रेष्टनकोे अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु साचmेदार संस्थाका प्रतिनिधीहरु,संस्थाका सदस्यहरु,लक्षित समुदायका प्रतिनिधीहरु,संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा धादिङ जिल्लाको ११ गाउँपालिका र २ नगरपालिहरुमा सामुदायिक विकास कार्य गर्दै आईरहेको जानकारी गराईएको छ । कार्यक्रममा संस्थाका सचिव बिर बहादुर श्रेष्ठले संस्थाको सांगठनिक, कार्यकारी निर्देशक दामोदर अर्यालले बार्षिक प्रगति र कोषाध्यक्ष गोबिन्द प्रसाद पण्डितले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । २२ औं बार्षिक साधारणसभाले संस्थाको आगामी आ.ब.०८०÷०८१ निति,कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।

    साधारण सभाले प्रदिप रेग्मीको संयोजकत्वमा ३ सदसीय आन्तरिक लेखा परिक्षण समिति ,गोबिन्द प्रसाद बिडारीको संयोजकत्वमा ३ सदसिय अनुगमन तथा बिश्लेषण उपसमिति र ईश्वरी कोईरालाको संयोजकत्वमा ३ सदसिय सेवा तथा सामाग्री खरिद उपसमिति,सुनिता कडेलको संयोजकत्वमा ३ सदसिय बालबालिका तथा महिला उपसमिति चयन गरेको छ । साधारणसभाले संस्थाको बिभिन्न निति संशोधित सहित समसामयिक ९ वटा प्रस्तावमा छलफल गरी पारित गरेको महिला तथा बालबालिका समितिका संयोजक तथा शिक्षा अधिकृत रेनुका रुपाखेतीले जानकारी दिनु भयो ।

    २२ औं बार्षिक साधारण सभाको अवसरमा आर्थिक बर्ष २०७९÷८०मा कारर्यत सामाजिक कार्यकर्ताहरु मध्येबाट उत्कृष्ट शिक्षा अधिकृत दशरथ डुवाडी र फुलमाया उपरकोटी तथा लेखापाल सुवास अर्याल र उत्कृष्ट सदस्य सम्मानबाट गोमा तामाङ सम्मनित हुनु भएको सुनिता कडेलले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - १९:०२:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology