शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवामा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता, कालिका हिमालय मा.वि. की अर्पना पौडेल प्रथम

रसुवामा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता, कालिका हिमालय मा.वि. की अर्पना पौडेल प्रथम

नागरिक पाटी

३०, भाद्र २०८०
  • 5.8K
    SHARES
  • रसुवामा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता, कालिका हिमालय मा.वि. की अर्पना पौडेल प्रथम

    राष्ट्रिय बाल दिवसको अवसर पारेर रसुवामा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । कालिका गाउँपालिका सँगको साझेदारीमा रेडियो लाङटाङले प्रतियोगिताको आयोजना गरेको हो । 

    images
    images

    "मैले पढ्ने शिक्षा कस्तो हुनुपर्छ" भन्ने विषयमा आयोजित प्रतियोगितामा कालिका गाउँपालिका वडा नम्बर २ मा रहेको कालिका हिमालय माध्यमिक विद्यालयका अर्पना पौडेल प्रथम भएकी छिन् ।

    यस्तै कालिका ५ मा रहेको निलकण्ठ नमुना माध्यमिक विद्यालयका छेवाङ लामा द्धितिय र उत्तरगया ४ मा रहेको नव विजयी महेन्द्र माध्यमिक विद्यालयका रोजिना न्यौपाने तृतिय भएका छन् । प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई रेडियो लाङटाङले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरेको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले बताईन् ।

    कालिका हिमालय माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा रसुवा जिल्ला भित्रका विभिन्न १० विद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन तथा सहजिकरण पत्रकार आशिष ठकुरीले गरेका थिए । 

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - २०:०२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology