रसुवामा आधारभुत तथा माध्यमिक तह स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कालिका गाउँपालिकाको आयोजना र रेडियो लाङटाङको सहजिकरणमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा आधारभुत तह तर्फ सेतीभुमे माध्यमिक विद्यालयको समुह प्रथम, कालिका हिमालय माध्यमिक विद्यालयको समुह द्धितिय र निलकण्ठ नमुना माध्यमिक विद्यालयको समुह तृतिय भएका छन् । आधारभुत तर्फ विभिन्न ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।
यस्तै माध्यमिक तह तर्फ पनि सेतीभुमे माध्यमिक विद्यालयको समहु नै प्रथम भएको छ । प्रतियोगितामा सेतीदेवी माध्यमिक विद्यालयको समुह द्धितिय र नर्थपोल बोर्डिङ हाइ स्कुलको समुह तृतिय भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयका समुहलाई नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक टिकादेवी खरेलले बताईन् । उक्त हाजिरिजवाफ कार्यक्रमको सञ्चालन तथा सहजिकरण पत्रकार आशिष ठकुरीले गरेका थिए ।