शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धार्केमा रहेको गुड स्टार्ट स्कुलद्वारा विद्यार्थी सम्मान

धार्केमा रहेको गुड स्टार्ट स्कुलद्वारा विद्यार्थी सम्मान

नागरिक पाटी

३०, भाद्र २०८०
  • 7.6K
    SHARES
  • धार्केमा रहेको गुड स्टार्ट स्कुलद्वारा विद्यार्थी सम्मान

    धादिङ । धुनीवेशी नगरपालिका ६ स्थित गुड स्टार्ट इङलिस बोडिङ स्कुलले राष्ट्रिय बाल दिवस २०८० को अवसरमा विविध साँस्कृतिक कार्यक्रमका बीच एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ।

    images
    images

    विद्यालयको प्राङ्गणमा सप्पन्न कार्यक्रममा विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक हर्क लामाको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता तथा बेजोड नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा २०७९ सालमा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो भने २०७९ सालमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म प्रथम, द्दितीय, र तृतीय हुने विद्यार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियो ।

    एसईई परीक्षा २०७९ मा नगरपालिका भरिमा उत्कृष्ट जिपिए ल्याउन सफल दिवस कोइरालालाई विद्यालयको तर्फबाट समान गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - १८:४३:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology