शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मावि शिक्षक लाइसेन्स परीक्षामा ५० प्रतिशत विद्यार्थी फेल

मावि शिक्षक लाइसेन्स परीक्षामा ५० प्रतिशत विद्यार्थी फेल

नागरिक पाटी

१९, आश्विन २०८०
  • 4.1K
    SHARES
  • मावि शिक्षक लाइसेन्स परीक्षामा ५० प्रतिशत विद्यार्थी फेल

    काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र ९लाइसेन्स० को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    images
    images

    सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीमध्ये आधाभन्दा बढी फेल भएका छन् ।

    सातै प्रदेशबाट ४९ हजार १७० परीक्षार्थीले लाइसेन्स परीक्षा दिएका थिए । जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९।५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।

    आयोगले तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनि उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरित कार्य गरेको केही परीक्षार्थीको परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।

    त्यस्तै वस्तुगत उत्तरपुस्तिकाको रोल नम्बर संकेत गर्ने गोलो घेरामा आफ्नो सही रोल नम्बर जनाउनका लागि मसी भर्दा गल्ती गरी गोलो घेरामा मसी भरेको, एक भन्दा बढी गोलामा मसी भरेको वा मसी नै नगरेको कारण रोल नम्बर यकिन हुन नसकेको अवस्थामा समेत त्यस्तो उम्मेदवारको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।

    अब अध्यायपन अनुमतिपत्र लिन जाँदा तोकिए बमोजिमको निवेदन, शैक्षिक योग्यताको हकमा मावि शिक्षा परीक्षादेखि तोकिएको न्यूनमत शैक्षिक योग्यता उत्तीर्ण गरेको प्रमाणपत्र, शिक्षा विषयमा कम्तीमा १० महिना तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजातसहित आउनुपर्ने आयोगले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - ०८:३३:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology